क्यारेबियन बलर शेनन ग्याब्रियलले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट बिदा
काठमाडौँ । वेस्ट इन्डिजका तिब्रगतिका बलर शेनन ग्याब्रियलले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन् । ३६ वर्षीय ग्याब्रियलले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत अन्तर्राष्ट्रिय खेलजीवनबाट सन्न्यास लिएको घोषणा गरेका हुन् ।
ग्याब्रियलले सन् २०१२ मा अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गरेका थिए । उनले देशका लागि टेस्ट, एक दिवसीय र टी–२० अन्तर्राष्ट्रिय गरी तीन वटै ढाँचाको प्रतियोगिता खेलिसकेका छन् । उनले देशका लागि ५९ टेस्ट खेल्दै कुल एक सय ६६ विकेट लिएका छन् ।
टेस्ट क्रिकेटको एक पालीमा उनको उत्कृष्ट प्रदर्शन ६२ रन खर्चिएर आठ विकेट हो । एउटै टेस्टको दुई पालीमा भने उनले एक सय २१ रन खर्चिएर १३ विकेट हात पारेका छन् । उनले २५ वटा एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा ३३ विकेट हात पारेका छन् ।
एक दिवसीय क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन केवल १७ रन खर्चिएर तीन विकेट हो । यसका अतिरिक्त उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पनि दुई खेल खेल्दै तीन विकेट हात पारेका छन् । उनले तीन वटै विकेट एउटै खेलमा लिएका हुन् ।
‘पछिल्लो १२ वर्षदेखि म निरन्तर देशका लागि खेल्दै आएको छु । मेरा लागि यो गौरवको विषय पनि हो । तर, अब मैले अन्तर्राष्ट्रिय खेलजीवनबाट बिदा लिने समय आएको छ । टोलीमा नयाँ र प्रतिभाशाली खेलाडीले स्थान पाउनु पर्छ,’ सन्न्यास घोषणा गर्दै उनले भनेका छन् ।
विश्वको जुनसुकै पिचमा पनि ग्याब्रियलको प्रदर्शन उत्कृष्ट रहन्थ्यो । उनी वेस्ट इन्डिजका लागि उत्कृष्ट प्रदर्शन गर्ने बलरहरूको सूचिमा चौथो स्थानमा पर्छन् । सन् २०१८ को जुनमा उनले श्रीलंकाविरुद्धको टेस्टमा एक सय २१ रन खर्चिएर १३ विकेट लिएका थिए ।
ग्याब्रियलले फाल्ने बलको गति र बाउन्सका कारण वेस्ट इन्डिजका चर्चित क्रिकेटर कर्टनी वाल्सले उनको तुलना प्याट्रिक पेटर्सन र इयान बिशपजस्ता महान् खेलाडीसँग गरेका थिए । उनले सन् २०१९ मा केही खेलका लागि प्रतिबन्ध पनि भोग्नु परेको थियो । जो रुटमाथि गरेको आपत्तिजनक टिप्पणीका कारण उनी चार खेलको प्रतिबन्धमा परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
-
खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु
-
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण