यौन अपराधको आरोपपछि के–पप सिंगरले छाडे ब्यान्ड
सोल । दक्षिण कोरियाली गायक ताएइलले विश्व चर्चित के–पप ब्यान्ड एनसीटी (नियो कल्चर टेक्नोलोजी) छाडेका छन् । यौन अपराधको आरोप लागेपछि उनले बुधबार ब्यान्ड छाडेका हुन् ।
३० वर्षीय गायक ताएइलको एजेन्सी एसएम इन्टरटेनमेन्टले माइक्रो ब्लगिङ वेबसाइट एक्समा एउटा विज्ञप्ति जारी गरेको छ । यौन अपराधसम्बन्धी फौजदारी मुद्दामा ताएइलको नाम पनि मुछिएको भन्ने थाहा पाएपछि एनसीटीका सदस्यहरूले आफूलाई उनीबाट अलग्याएको विज्ञप्तिमा भनिएको छ ।
एजेन्सीले अपराधको प्रकृति उल्लेख गरेको छैन । आफूहरूले स्थितिको गम्भीरतालाई बुझेको भन्दै ब्यान्डले ताएइलले अब उप्रान्त समूहमा आफ्ना गतिविधि जारी राख्न नपाउने निर्णय गरेको बताइएको छ । ताएइलको कानूनी नाम मून ताए–इल हो । यो आरोपबारे उनले सार्वजनिक रुपमा कुनै टिकाटिप्पणी गरेका छैनन् । प्रहरी अनुसन्धानमा आफूले पूरै सघाउने एसएम इन्टरटेनमेन्टले भनेको छ । अनुसन्धानमा थप प्रगति भएपछि अरु विज्ञप्ति जारी गरिने पनि विज्ञप्तिमा भनिएको छ ।
यौन अपराधको सम्बन्धमा आफूले ताएइलमाथि अनुसन्धान गरेको सोलस्थित ब्याङ्गबेए प्रहरी थानाले घोषणा गरेको थियो । एनसीटीले सन् २०१६ मा डेब्यू गरेको थियो । यो ब्वाई ब्यान्डमा अहिले कयौँ उपसमूहमा २ दर्जनभन्दा धेरै सदस्यहरू छन् । एनसीटीका कयौँ गित बिलबोर्डको सूचिमा पनि परेका छन् । सन् २०१० को सूचिमा कोरियाली ब्वाई ब्यान्ड बीटीएसको लोकप्रिय चुलिएपछि कोरियामा कयौँ ब्वाई ब्यान्ड खुलेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण