अर्थतन्त्रमा अटोमोवाईल्स क्षेत्रको महत्त्वपूर्ण योगदान : मन्त्री दाहाल
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नेपालको अर्थतन्त्रमा अटोमोवाईल्स क्षेत्रको महत्त्वपूर्ण योगदान रहेको बताएका छन् । बिहीबार नाडा अटोमोवाईल्स एसोसिएसन अफ नेपालद्वारा काठमाडौँको भृकुटीमण्डपमा आयोजित नाडा अटो शोको अवलोकन गर्दै उनले यस क्षेत्रको विकासका लागि मन्त्रालय प्रतिबद्ध रहेको पनि बताए ।
देशको यातायात, अर्थतन्त्र र रोजगारीमा अटोमोवाईल्स क्षेत्रले महत्त्वपूर्ण सहयोग पुर्याईरहेको उनको भनाई थियो । जनतालाई आधुनिक, सुलभ र सुरक्षित अटोमोवाईल्स सेवा पुर्याउन मन्त्रालय नाडासँग सहकार्यका लागि तयार रहेको समेत उनले उल्लेख गरे ।
अटोमोवाईल्स तथा यससँग सम्बन्धित उद्योग तथा व्यवसायले नेपालमा नै स्वरोजगारी समेत सिर्जना गरिरहेको भन्दै मन्त्री दाहालले प्रविधिमैत्री संरचना निर्माणलाई पनि मन्त्रालयले ध्यान दिने बताए । भदौ ११ देखि १६ गतेसम्म आयोजित अटो शो अवलोकनका लागि मन्त्री दाहालसँगै मन्त्रालयका सचिव केशवकुमार शर्मा लगायतका अधिकारीहरूको सहभागिता रहेको थियो ।
एसोसिएसनका अध्यक्ष करण चौधरी लगायतले अटो शो तथा नेपालमा अटोमोवाईल्स क्षेत्रका विभिन्न समस्या र सम्भावनाबारे मन्त्री दाहाललाई जानकारी गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
-
मौन आँसुको जिम्मेवारी
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा बीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण