प्रचण्डले नेपाल बंगलादेश वा श्रीलंका बन्छ भनेर धम्काए : गगन थापा
बिहीबार, १३ भदौ २०८१, १४ : ४२
काठमाडौँ । सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्री समेत रहेका सांसद गगन थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल बंगलादेश वा श्रीलंका बन्छ भनेर धम्काएको बताएका छन् ।
बिहीबारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले ११ गतेको संसद् बैठकमा धर्ममा विश्वास नगर्ने प्रचण्डले श्राप दिएको त हैन होला भन्ने टिप्पणी गरेका हुन् ।
‘यत्रो वर्ष देश चलाएर आएका नेताले यत्रो महत्त्वपूर्ण दलले ख्याल गर्नुपर्छ भने उ सरकारको मात्र अपोजीसन हो । यो सिस्टमको भाग हो‚’ उनले भने‚‘क्षणिक कुरा पुरा गर्न र अन्तर्विरोधमा खेल्न यति धेरै बरालिनु हुन्न कि आफैँले लगाएको आगोले आफैलाई जलाउँछ ।’
उनले उत्तेजनाको राजनीतिक सजिलो चेतनाको राजनीति गाह्रो हुने भन्दै उत्तेजनाको राजनीति बिक्छ भनेर सबै त्यसैको पछि लागेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण