सुन तस्करीमा निष्पक्ष छानबिन हुन्थ्यो भने माओवादीका धेरै नेता जेलमा हुन्थे : सांसद गिरी
बिहीबार, १३ भदौ २०८१, १६ : ३१
काठमाडौँ । नेकपा एमालेका सांसद पदम गिरीले सुन तस्करीमा निष्पक्ष छानबिन भएको भए माओवादी केन्द्रका धेरै नेता जेलमा हुने दाबी गरेका छन् ।
बिहीबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले सुन तस्करीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वको सरकारले इतिहास रचेको भन्दै सो कुरा बताएका हुन् ।
‘पारदर्शी ढङ्गबाट छानबिन भएको भए सायद तपाइको पार्टीको हेडक्वाटरमा कोही बाँकी रहँदैन थिए । सबै जेलको छिडिमा हुन्थे‚’ उनले भने ।
गिरीले पूर्वप्रधानमन्त्री प्रचण्डले सुशासन‚ भ्रष्टाचार विरोधी गफ दिन नमिल्ने बताए ।
‘बिना कारण सुनिल शर्मा जस्ता सांसद पक्रने अस्पतालका डाक्टर पक्रने काम गरेको हैन‚’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण