सुन तस्करीमा निष्पक्ष छानबिन हुन्थ्यो भने माओवादीका धेरै नेता जेलमा हुन्थे : सांसद गिरी
बिहीबार, १३ भदौ २०८१, १६ : ३१

काठमाडौँ । नेकपा एमालेका सांसद पदम गिरीले सुन तस्करीमा निष्पक्ष छानबिन भएको भए माओवादी केन्द्रका धेरै नेता जेलमा हुने दाबी गरेका छन् ।
बिहीबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले सुन तस्करीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वको सरकारले इतिहास रचेको भन्दै सो कुरा बताएका हुन् ।
‘पारदर्शी ढङ्गबाट छानबिन भएको भए सायद तपाइको पार्टीको हेडक्वाटरमा कोही बाँकी रहँदैन थिए । सबै जेलको छिडिमा हुन्थे‚’ उनले भने ।
गिरीले पूर्वप्रधानमन्त्री प्रचण्डले सुशासन‚ भ्रष्टाचार विरोधी गफ दिन नमिल्ने बताए ।
‘बिना कारण सुनिल शर्मा जस्ता सांसद पक्रने अस्पतालका डाक्टर पक्रने काम गरेको हैन‚’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोलरक्षक ग्रासिया बार्सिलोनामा, विलियम्सन पनि भित्र्याउने तयारी
-
स्थापित बाम नेता भरत प्रसाद साह माओवादी केन्द्रमा प्रवेश
-
नेपाल क्यान मुभ विरूद्धको राजस्व चुहावट मुद्दामा तीन जनालाई १ करोड धरौटीमा छाड्न आदेश
-
नेपालको लगातार दोश्रो जित
-
आर्थिक पत्रकारका तीन वटा संस्थालाई एक/एक करोड बजेट
-
जीवन ‘सजिलो’ होइन ‘सार्थक’ बनाउने होड