राष्ट्रिय खेलकुद परिषद् ६१ औँ वर्षमा प्रवेश
काठमाडौँ । नेपाली खेलकुदको नेतृत्वदायी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) बिहीबार ६१औँ वर्षमा प्रवेश गरेको छ । सोही अवसरमा राखेपले एक कार्यक्रमको आयोजना गर्यो । राखेपका सदस्यसचिव टंकलाल घिसिङले दीप प्रज्ज्वलन गरी कार्यक्रमको उद्घाटन गरे ।
कार्यक्रममा उनले खेलकुदकर्मीमाथि नेपाली खेलकुदलाई नयाँ उचाइमा पुर्याउनुपर्ने चुनौती रहेको धारणा व्यक्त गरे । सबै खेलकुदकर्मीलाई शुभकामना व्यक्त गर्दै उनले वार्षिकोत्सवको मुख्य समारोह केही दिनपछि आयोजना हुने जानकारी दिए ।
पहिलो पटक खेलकुद ऐन जारी भएको दिन भदौ १३ गते राखेपले आफ्नो स्थापना दिवस मनाउँदै आएको छ । राखेपले आफ्नो मुख्य कार्यक्रममा खेलाडी, प्रशिक्षक, कर्मचारी तथा खेल संघ र सहयोगी संस्थाहरुलाई सम्मान गर्दै आएको छ ।
२०२१ साल भदौ १३ गते पहिलो खेलकुद ऐन जारी भएको थियो । २०१५ सालमा स्थापना भए पनि छुट्टै ऐन जारी भएको दिनलाई राखेपले आफ्नो स्थापना दिवसको रुपमा मानाउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण