हारेर पनि लिग चरणमा पुग्यो चेल्सी
काठमाडौँ । इङ्लिस प्रिमियर लिग क्लब चेल्सी युरोपा कन्फरेन्स लिग फुटबल प्रतियोगिताको लिग चरणमा प्रवेश गरेको छ । प्ले–अफ चरणको खेलमा स्विस क्लब सर्भेटलाई हराउँदै चेल्सी लिग चरणमा पुगेको हो ।
प्ले–अफ चरणको बिहीबार राति सम्पन्न दोस्रो लेग खेलमा चेल्सी स्विस क्लबसँग १–२ गोलले पराजित भयो । हारका बावजुद चेल्सी ३–२ कुल गोल भिन्नताका आधारमा प्रतियोगिताको लिग चरणमा प्रवेश गर्न सफल भयो । अघिल्लो साता खेलिएको पहिलो लेग खेलमा २–० गोलले विजयी भएको थियो ।
दोस्रो लेग खेलमा सुरुवाती अग्रता लिएर पनि चेल्सीले त्यसलाई जोगाउन सकेन । खेल सुरु भएको १४ औँ मिनेटमै चेल्सीका लागि क्रिस्टोफर एनकुनकुले पेनाल्टीमार्फत गोल गरेका थिए । निर्धारित समयको ३२ औँ मिनेटमा स्विस क्लबका लागि जेरेमी गुइलेमेनोटले जवाफी गोल फर्काए ।
त्यसपछि पहिलो हाफ १–१ गोलको बराबरीमा पुगेको थियो । निर्धारित समयको ७२औँ मिनेटमा स्विस क्लबका लागि एन्जो क्रिभेलीले अर्को गोल गरेका थिए । यसैगरी, स्पेनिस क्लब रियल बेटिस, इटालियन क्लब फियोरेन्टिना, पोल्यान्डको लिगा वार्सा, कजाकस्तानको अस्ताना र बेल्जियन क्लब जेन्ट पनि आ–आफ्ना प्रतिद्वन्द्वीलाई पाला लगाउँदै प्रतियोगिताको लिग चरणमा प्रवेश गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण