कमजोर प्रतिद्वन्द्वीसँग रियल म्याड्रिडको निराशाजनक प्रदर्शन

काठमाडौँ । स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिडले जारी सिजनको ला लिगामा अपेक्षित प्रदर्शन गर्न सकिरहेको छैन । रियल म्याड्रिड आफ्नो पछिल्लो खेलमा तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी लस पाल्मससँग १–१ गोलको बराबरीमा रोकिएको छ ।
ला लिगाको साविक विजेतासमेत रहेको रियल म्याड्रिडले कमजोर प्रतिद्वन्द्वी लस पाल्मसविरुद्ध निकै फितलो प्रदर्शन गर्यो । घरेलु मैदानमा लस पाल्मसले रियल म्याड्रिडलाई प्रारम्भदेखि नै दबाबमा राखेको थियो ।
हालसम्म तीन खेल खेलेको रियल म्याड्रिडले एक जित र दुई बराबरीको नतिजा निकालेको छ । पाँच अंकसहित रियल म्याड्रिड तालिकाको पाँचौँ स्थानमा आसिन छ । लस पाल्मस भने दुई बराबरी र एक हारको नतिजा निकालेको छ । लस पाल्मस दुई अंकसहित तालिकाको १६ औँ स्थानमा छ ।
घरेलु मैदानमा खेलिएको खेलमा सुरुवाती अग्रता पनि लस पाल्मसले नै लिएको थियो । खेल सुरु भएको पाँचौँ मिनेटमै लस पाल्मसका लागि अल्बर्टो मोलेइरोले पहिलो गोल गरेका थिए । सोही गोलका कारण पहिलो हाफमा लस पाल्मस अगाडि रह्यो ।
प्रतिस्पर्धात्मक खेलको ६९ औँ मिनेटमा रियल म्याड्रिडले जवाफी गोल फर्काएका थियो । रियल म्याड्रिडका लागि भिनिसियस जुनियरले पेनाल्टीमार्फत गोल गर्दै आफ्नो टोलीलाई सम्भावित हारबाट जोगाएका थिए ।
ला लिगामा रियल म्याड्रिडको अपराजित यात्रा ३५ खेल पुगेको छ । यसै सिजन क्लबमा भित्रिएका फ्रान्सेली स्ट्राइकर केलियन एमबाप्पेले रियल म्याड्रिडका लागि केही गतिला प्रहार गरे पनि त्यसले मूर्तरुप भने लिन सकेन ।
जारी सिजनको ला लिगामा सहभागी २० वटै टोलीले तीन–तीन खेल खेलिसकेका छन् । तीनवटै खेलमा विजयी भएको बार्सिलोना नौ अंकसहित तालिकाको पहिलो स्थानमा छ । बार्सिलोना तीनवटै खेल जित्ने एकमात्र टोली पनि हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिन्दु राष्ट्र र राजसंस्थाको स्थापित नभएसम्म आन्दोलन रोकिँदैन : कमल थापा
-
राजावादी समूहको १४ बुँदे प्रतिबद्धता पत्रमा के छ ? (पूर्णपाठसहित)
-
‘मिस एण्ड मिस्टर नेसनल’ का विजेता छानिए
-
‘अपरेसन सिन्दूर’ अझै जारी छ : भारत
-
आगामी आर्थिक वर्षको बजेट यथार्थपरक हुन्छ : उद्योग मन्त्री
-
भारतको ड्रोन आक्रमणमा एक जनाको मृत्यु, चार पाकिस्तानी सैनिक घाइते