कमजोर प्रतिद्वन्द्वीसँग रियल म्याड्रिडको निराशाजनक प्रदर्शन
काठमाडौँ । स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिडले जारी सिजनको ला लिगामा अपेक्षित प्रदर्शन गर्न सकिरहेको छैन । रियल म्याड्रिड आफ्नो पछिल्लो खेलमा तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी लस पाल्मससँग १–१ गोलको बराबरीमा रोकिएको छ ।
ला लिगाको साविक विजेतासमेत रहेको रियल म्याड्रिडले कमजोर प्रतिद्वन्द्वी लस पाल्मसविरुद्ध निकै फितलो प्रदर्शन गर्यो । घरेलु मैदानमा लस पाल्मसले रियल म्याड्रिडलाई प्रारम्भदेखि नै दबाबमा राखेको थियो ।
हालसम्म तीन खेल खेलेको रियल म्याड्रिडले एक जित र दुई बराबरीको नतिजा निकालेको छ । पाँच अंकसहित रियल म्याड्रिड तालिकाको पाँचौँ स्थानमा आसिन छ । लस पाल्मस भने दुई बराबरी र एक हारको नतिजा निकालेको छ । लस पाल्मस दुई अंकसहित तालिकाको १६ औँ स्थानमा छ ।
घरेलु मैदानमा खेलिएको खेलमा सुरुवाती अग्रता पनि लस पाल्मसले नै लिएको थियो । खेल सुरु भएको पाँचौँ मिनेटमै लस पाल्मसका लागि अल्बर्टो मोलेइरोले पहिलो गोल गरेका थिए । सोही गोलका कारण पहिलो हाफमा लस पाल्मस अगाडि रह्यो ।
प्रतिस्पर्धात्मक खेलको ६९ औँ मिनेटमा रियल म्याड्रिडले जवाफी गोल फर्काएका थियो । रियल म्याड्रिडका लागि भिनिसियस जुनियरले पेनाल्टीमार्फत गोल गर्दै आफ्नो टोलीलाई सम्भावित हारबाट जोगाएका थिए ।
ला लिगामा रियल म्याड्रिडको अपराजित यात्रा ३५ खेल पुगेको छ । यसै सिजन क्लबमा भित्रिएका फ्रान्सेली स्ट्राइकर केलियन एमबाप्पेले रियल म्याड्रिडका लागि केही गतिला प्रहार गरे पनि त्यसले मूर्तरुप भने लिन सकेन ।
जारी सिजनको ला लिगामा सहभागी २० वटै टोलीले तीन–तीन खेल खेलिसकेका छन् । तीनवटै खेलमा विजयी भएको बार्सिलोना नौ अंकसहित तालिकाको पहिलो स्थानमा छ । बार्सिलोना तीनवटै खेल जित्ने एकमात्र टोली पनि हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण