ब्राजिलमा एक्स बन्द गर्ने धम्कीपछि मस्कले गरे न्यायाधीशलाई गाली
रियो द जेनरियो । अमेरिकी माइक्रो ब्लगिङ वेबसाइट एक्सका मालिक एलन मस्कले ब्राजिलका न्यायाधीशलाई गाली गरेका छन् । त्यहाँको सर्वोच्च अदालतको न्यायाधीश अलेक्जान्द्रे दि मोरायसलाई उनले अनलाइनमा गाली गरेका हुन् । पछिल्लो समय दि मोरायस र मस्कबिच वाकयुद्ध चलिरहेको छ । यसैबिच मस्कले मोरायसलाई दुष्ट तानाशाह भनेका छन् ।
मस्कले २४ घन्टाभित्रै कम्पनीको नयाँ कानुनी प्रतिनिधि नियुक्त गरेनन् र दैनिक रूपमा तिर्नुपर्ने जरिवानाको भुक्तानी पनि गरेनन् भने ब्राजिलमा एक्स बन्दै गर्ने चेतावनी दि मोरायसले दिएका थिए । ‘अलेक्जान्द्रे दि मोरायस न्यायाधीशको भेषमा दुष्ट तानाशाह हुन्,’ एक्सको एक पोष्टमा मस्कले लेखेका छन् ।
उनको नाजायज माग र अदालती फाइलिङसम्बन्धी सबै कुरा सार्वजनिक गरिदिने एक्सको ग्लोबल गभर्मेन्ट अफेयर्स टिमको विज्ञप्तिलाई रिट्विट गर्दै मस्कले यस अघि दि मोरायसलाई ‘डार्थ भेदर’ भनेका थिए । ब्राजिल सामाजिक सञ्जाल कम्पनीका लागि मुख्य बजार हो ।
ब्राजिलको कुल जनसङ्ख्याको १८ प्रतिशत अर्थात् झन्डै ४ करोडले कम्तीमा एक महिनामा एक पटक एक्स चलाउने गरेको एपीले भनेको छ । गलत सूचना फैलाइरहेका कयौँ एक्स एकाउन्टलाई बन्द गर्न दि मोरायसले कम्पनीलाई आदेश दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण