ऊर्जा मन्त्रालयको वरिष्ठ ऊर्जा विज्ञमा प्रवल अधिकारी नियुक्त
शुक्रबार, १४ भदौ २०८१, १९ : ४६
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको वरिष्ठ ऊर्जा विज्ञमा प्रवल अधिकारी नियुक्त भएका छन् ।
बिहीबार बसेको मन्त्रीपरिषद् बैठकको निर्णयबाट ऊर्जा क्षेत्रका ज्ञाता काभ्रेपलाञ्चोक रोशी गाउँपालिका–९ का अधिकारीलाई वरिष्ठ ऊर्जा विज्ञमा नियुक्त गरिएको हो ।
इलेक्टिकल ईन्जिनीयरिङ स्नातकोत्तर (डिग्री) हासिल गरी नेपाल विद्युत् प्राधिकरणबाट उपकार्यकारी निर्देशक पदबाट निवृत्त भएका अधिकारी झण्डै तीन दशकदेखि नेपालको ऊर्जा क्षेत्रको विकासमा क्रियाशील छन् ।
विशेषतः ऊर्जा व्यापार, अन्तरदेशीय विद्युत् प्रसारण तथा ऊर्जा नीतिका ज्ञाता मानिने नवनियुक्त ऊर्जा विज्ञ अधिकारीले बिहीबार मन्त्रालयमा पदभार समेत ग्रहण गरेका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण