यूएस ओपनमा अर्को झट्का, अल्काराजपछि जोकोभिच पनि बाहिरिए
शनिबार, १५ भदौ २०८१, १२ : ३८
न्युयोर्क । पेरिस ओलम्पिकमा टेनिस स्वर्ण पदक जितेका नोभाक जोकोभिच यूएस ओपनबाट बाहिरिएका छन् । उनी अस्ट्रेलियाका खेलाडी एलेक्सेई पोपिरिनसँग ४–६, ४–६, ६–२ र ४६ को सेटमा पराजित भएका हुन् ।
जोकोभिच यूएस ओपनको तेस्रो चरणमा पुगेका थिए । यस वर्ष भएको विम्बल्डन ओपनको तेस्रो चरणमा पनि जोकोभिच र पोपिरिनबिच खेल भएको थियो, जसमा पोपिरिनले जोकोभिचसँग हार बेहोरेका थिए । तर यूएस ओपनमा पोपिरिनले जोकोभिचसँग बदला लिँदै उनलाई प्रतियोगिताबाट बाहिर गरिदिएका छन् ।
यस वर्ष, रोलान्ड ग्रोस र विम्बल्डन ओपन विजेता कार्लोस अल्काराजले पनि यूएस ओपनको दोस्रो चरणमा नै बोटिक भान डे जान्डस्चाल्पसँग हार बेहोरेका थिए। जोकोभिचले पेरिस ओलम्पिकमा अल्काराजलाई हराउँदै स्वर्ण पदक जितेका थिए । जोकोभिच यति छिट्टै यूएस ओपनबाट बाहिरिएको सन् २०१७ यता पहिलो पटक हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुमबासीसँग घरजग्गा, सेयर, सवारी साधन र हिरा–जवाहरात खोजिँदै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण