नेपालगन्ज रङ्गशालाको अवलोकन गर्दै प्रचण्डले भने– 'खेल संरचनाको विकास हुनु खुसीको कुरा हो'
नेपालगन्ज । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान नेपालगन्ज रङ्गशालाको अवलोकन गरेका छन् । सो क्रममा उनले नेपालगन्ज रङ्गशाला पश्चिम नेपालको खेलकुद क्षेत्रको विकासका लागि महत्त्वपूर्ण हुने बताए ।
हिजो मात्रै सुर्खेतस्थित कर्णाली प्रादेशिक रङ्गशालाको अवलोकन गरेका अध्यक्ष प्रचण्डले पश्चिम नेपालमा खेलकुद संरचनाको विकास हुँदै जानु खुसीको कुरा भएको बताए ।
‘माओवादी नेतृत्वको सरकार भएको बेलामा खासगरी हाम्रो नेता महेश्वर गहतराज सङ्घीय खेलकुद मन्त्री भएको बेलामा नेपालगन्ज रङ्गशालाको पूर्वाधार निर्माणले गति लिएको हो’– उनले भने– ‘त्यसैले पनि यो हाम्रा लागि विशेष महत्वको छ ।’
यही वर्ष कर्णालीमा दसौँ राष्ट्रिय खेलकुद हुने भएकाले नजिकको नेपालगन्जका खेल पूर्वाधारहरू पनि आवश्यक पर्ने उल्लेख गर्दै नेपालगन्ज रङ्गशालाको उपयोग गरेर फाइदा लिन अध्यक्ष प्रचण्डले खेलाडीहरूलाई आग्रह गरे । उनले दसौँ राष्ट्रिय खेलकुदको सफलताको शुभकामना पनि व्यक्त गरे ।
खेलकुद व्यक्तिको स्वास्थ्य र देशको गौरवसँग जोडिएकाले आफ्नो पार्टीले सरकारमा हुँदा वा नहुँदा खेल क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर अघि बढेको उनले स्पष्ट पारे ।
सो क्रममा विभिन्न खेलको अभ्यासमा जुटेका खेलाडीहरूले अध्यक्ष प्रचण्डलाई स्वागत गरेका थिए । उनीसँगै नेता शक्ति बस्नेत, चक्रपाणि खनाल, महेश्वर गहतराजलगायतको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी अस्पतालमै आँखा अस्पताल बनाउने तयारी, स्वास्थ्य मन्त्री मेहताले गरिन् स्थलगत अनुगमन
-
१ हजार ८६६ नेपालीको उद्धार, ३० करोडभन्दा बढी क्षतिपूर्ति
-
नेतृत्व हस्तान्तरणमा ओली र प्रचण्डको अनिच्छा: पार्टीभित्र बढ्दो असन्तुष्टि
-
कर्णालीमा बेपत्ता गाडी र यात्रुको खोजीका लागि प्रहरीदेखि सेना परिचालन
-
नीति तथा कानुनी सुधारतर्फ बालेन सरकारले १०० दिनमा के गर्यो ?
-
दैलेख ग्यास भण्डार उपयोगबाट बिजुलीदेखि मलसम्म उत्पादन हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण