कार्ययोजना
चीनका लागि प्रस्तावित राजदूत ओलीको कार्ययोजनामा के छ ? (पूर्णपाठ)
आइतबार, १६ भदौ २०८१, १२ : १३

काठमाडौँ । संसदीय सुनुवाइ समितिको बैठकमा चीनका लागि प्रस्तावित राजदूत डा कृष्णप्रसाद ओलीले आफ्नो कार्ययोजना पेस गरेका छन् ।
आइतबार बसेको समितिको बैठकमा उनले आफ्नो कार्ययोजना पेस गरेका हुन् ।
नेपालको स्वाधीनता, राष्ट्रिय सुरक्षा, अक्षुण्णता, दिगो शान्तिका लागि कूटनीतिक सम्बन्धलाई सुदृढ गर्ने, राष्ट्रिय स्वार्थलाई सर्वोपरी राखेर अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा सहयोग र सहकार्य अघि बढाउने लगायतका उनको कार्ययोजनामा उल्लेख छ ।
यसैगरी अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूमा चीनका तर्फबाट प्रतिनिधित्व गर्ने पदाधिकारीहरूसँग नेपाललाई सहयोग पुर्याउन समन्वय र सहकार्य गर्ने पनि उनको कार्ययोजनामा उल्लेख छ ।
यस्तै नेपालका विभिन्न क्षेत्रहरूमा लगानी प्रवर्द्धन गर्न पहल गर्ने, बेइजिङमा रहेको दूतावासलाई व्यवस्थित गर्नेलगायत पनि कार्ययोजनामा उल्लेख छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोटीमा प्रचण्डको मर्निङ वाक, थपिए विद्यार्थी
-
मदन-आश्रितको स्मरण गर्दै ओली भन्छन्– जबजले लोकतान्त्रिक परिवर्तनलाई सफल बनायो
-
‘पाक समर्थक’ र ‘गद्दार’ भन्दै असममा धमाधम आलोचक र पत्रकार पक्राउ गरिँदै
-
कांग्रेस संसदीय दलको बैठक आज, के-के छन् छलफलका एजेन्डा ?
-
पोखरामा तरबुजा खेतीः चार महिनामा १५ लाख रूपैयाँ आम्दानी
-
चार वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा