निर्मला हत्या प्रकरणका मुख्य अभियुक्तलाई मन्त्री बनाएको विरोधमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ । निर्मला कुर्मी हत्या प्रकरणका मुख्य अभियुक्त बादशाह कुर्मीलाई मन्त्री पदमा नियुक्त गरेको विरोधमा माइतीघरदेखि बालुवाटारसम्म पैदलयात्रा आयोजना गरिएको छ । आइतबार महिला अधिकार मञ्च, महिला सुरक्षा दबाब समूह, नेपाल मुस्लिम महिला कल्याण समाज लगायतका सङ्घ संस्थाले पैदलयात्रा आयोजना गरेका हुन् ।
सो पैदल मार्चलाई बृहत् नागरिक आन्दोलनले समेत ऐक्यबद्धता जनाएको छ । नेपालगन्जकी निर्मलाको हत्यामा संलग्न रहेको आरोप लागेका कांग्रेस नेता बादशाहलाई नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनले लुम्बिनी प्रदेशको विना विभागीय मन्त्री बनाएको थियो ।
विगतमा उनीमाथि लागेको अपराधको आरोपबारे छानबिन गर्न र दोषीहरूलाई न्यायको कठघरामा उभ्याउन राज्यले गरेको आनाकानीका विरुद्ध विगतमा रुवी खान लगायतका अधिकारकर्मीहरूले पटक पटक आन्दोलन तथा अनसन गर्दै आएका थिए ।
बादशाह गृह मन्त्रालयको छानबिन समितिले समेत अनुसन्धान गर्नका लागि सिफारिस भैसकेका व्यक्ति हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : रघु जी पन्त शिक्षामन्त्री नियुक्तदेखि सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिनेसम्म
-
विशेष बुलेटिन जारी : तराईका धेरै स्थानमा अत्यधिक गर्मीको सम्भावना
-
‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५’ का उत्कृष्ट मनोनयन सार्वजनिक
-
काश्मिरमा मारिएका सुदीपको शव आजै नेपाल ल्याइने
-
सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिने
-
लोकतान्त्रिक महिला संघको संयोजकमा निर्जला राउत