निर्मला हत्या प्रकरणका मुख्य अभियुक्तलाई मन्त्री बनाएको विरोधमा प्रदर्शन (तस्बिरहरू)
काठमाडौँ । निर्मला कुर्मी हत्या प्रकरणका मुख्य अभियुक्त बादशाह कुर्मीलाई मन्त्री पदमा नियुक्त गरेको विरोधमा माइतीघरदेखि बालुवाटारसम्म पैदलयात्रा आयोजना गरिएको छ । आइतबार महिला अधिकार मञ्च, महिला सुरक्षा दबाब समूह, नेपाल मुस्लिम महिला कल्याण समाज लगायतका सङ्घ संस्थाले पैदलयात्रा आयोजना गरेका हुन् ।
_mA4Q1h1klR.jpg)
सो पैदल मार्चलाई बृहत् नागरिक आन्दोलनले समेत ऐक्यबद्धता जनाएको छ । नेपालगन्जकी निर्मलाको हत्यामा संलग्न रहेको आरोप लागेका कांग्रेस नेता बादशाहलाई नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनले लुम्बिनी प्रदेशको विना विभागीय मन्त्री बनाएको थियो ।
विगतमा उनीमाथि लागेको अपराधको आरोपबारे छानबिन गर्न र दोषीहरूलाई न्यायको कठघरामा उभ्याउन राज्यले गरेको आनाकानीका विरुद्ध विगतमा रुवी खान लगायतका अधिकारकर्मीहरूले पटक पटक आन्दोलन तथा अनसन गर्दै आएका थिए ।
बादशाह गृह मन्त्रालयको छानबिन समितिले समेत अनुसन्धान गर्नका लागि सिफारिस भैसकेका व्यक्ति हुन् ।
_kOO9QppuXf.jpg)
_2HcWjXoKub.jpg)
_ANwVMScaQ2.jpg)
_RtQwardKUf.jpg)
_cT31AdlygO.jpg)
_Xx7IFczz6f.jpg)
_5XPZeviGwt.jpg)
_iVhtYx9U5C.jpg)
_8SlQPtGbe9.jpg)
_ajTV1J6IyF.jpg)
_QZ879y2Whg.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण