नियमावली खारेज नभएसम्म आन्दोलन जारी राख्ने नेपाल बारको घोषणा
काठमाडौँ । नेपाल बार एसोसिएसनले न्याय परिषद् नियमावली, २०७४ को (पहिलो संशोधन, २०८०) खारेज नभएसम्म आन्दोलन जारी राख्ने घोषणा गरेको छ ।
नियमावली गैरसंवैधानिक भएको भन्दै यसबारे सरोकारवाला निकायलाई ध्यानाकर्षण गराइएपनि सच्याउन चासो नदिएको बारको विज्ञप्तिमा उल्लेख छ । ‘न्याय परिषद् नियमावली संशोधनले संविधानको धारा १४१ (३) को आत्मा नै मर्न गएको र कानुनको सिद्धान्त विपरीत रहेको यस एशोसिएशनको ठम्याई रही आएको छ’, विज्ञप्तिमा भनिएको छ ।
सोही नियमावलीको सन्दर्भमा विरोध स्वरूप आइतबार न्याय परिषद् सचिवालयमा शान्तिपूर्ण धर्ना दिइएको विज्ञप्तिमा उल्लेख छ ।
बारले भनेको छ, ‘संविधान रक्षाका लागि आयोजना गरिएको शान्तिपूर्ण कार्यक्रममा आ–आफ्नो क्षेत्रबाट सबै सरोकारवाला निकाय, संघ संस्थाहरूलाई सहयोगको लागि आव्हान गर्दछौँ । साथै न्याय परिषद्ले उक्त गैर संवैधानिक नियमावली खारेज नगर्दासम्म नेपाल बार एशोसिएशनको अभियान निरन्तर जारी रहनेछ ।’
यही अभियान अन्तर्गत सोमबारदेखि निरन्तर रूपमा अपराह्न २ः०० बजेदेखि ३ः०० बजेसम्म देशभरिका अदालत परिसरभित्र सम्पूर्ण बार एकाइहरूले विरोध कार्यक्रम आयोजना गर्ने बारले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण