हिन्दु राज्य पुनर्स्थापनासम्बन्धी विषयले कांग्रेस बैठकमा लफडा
काठमाडौँ । नेपाली कांग्रेस महासमिति बैठकमा हस्ताक्षर संकलन गरिएको हिन्दु राज्य पुनर्स्थापनासम्बन्धी विषय केन्द्रीय समिति बैठकको निर्णयमा लेखिनुपर्ने भन्दै लफडा भएको छ ।
आइतबार बसेको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले बैठकको निर्णयमा हिन्दु राज्यको विषयमा उल्लेख गर्नुपर्ने माग गरे । केन्द्रीय सदस्य शंकर भण्डारीले आफूहरूले त्यत्रो दुख गरेको विषय निर्णयमा लेखिनुपर्ने भन्दै माग गरे । नभए नोट अफ डिसेन्ट लिने उनले चेतावनी दिए । भण्डारीलाई देवेन्द्रराज कँडेल‚ सिता देवकोटा लगायत केन्द्रीय सदस्यहरूले साथ दिएका थिए ।
त्यसको प्रतोरधमा विमलेन्द्र निधि‚ कृष्णकिशोर घिमिरे लगायत केन्द्रीय सदस्यहरू निस्किए । निधिले महामन्त्रीहरूको आधिकारिक प्रतिवेदन पनि नभएको र कांग्रेसको लाइननै नभएको विषयमा केको निर्णय भन्दै थर्काएका थिए ।
त्यसपश्चात् देउवाले हस्ताक्षर संकलन गरेकोमा धन्यवाद भन्दै बैठक सकिएको घोषणा गरिदिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण