गोरखा मिडिया नेटवर्क सहित ३ कम्पनीमा प्रहरीको खानतलासी, रवि लामिछानेसँग ‘सोधपुछ’
काठमाडौँ । गोरखा मिडिया नेटवर्क, नेचर हव र नेचर नेष्टमा प्रहरीले खानतलासी गरेको छ । पोखरास्थित सुर्यदर्शन सहकारीको निक्षेप रकम हिनामिना बारे अनुसन्धानका लागि ३ वटा कम्पनीमा खानतलासी गरेर कागजात नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
पोखराबाट आएका डीएसपी वसन्त शर्मा नेतृत्वको टोलीले कागजात नियन्त्रणमा लिएर पूर्वगृहमन्त्री रवि लामिछाने, पूर्व डीआईजी छविलाल जोशी र गोरखा मिडिया नेटवर्कका कर्मचारी विपिन कर्माचार्यसँग सोधपुछ गरेको छ । उनीहरूलाई सोधपुछ गरेर ‘बयान कागज’ गरिएको अनुसन्धानमा संलग्न एक जना अधिकृतले बताए ।
पूर्वगृहमन्त्री लामिछाने गोरखा मिडिया नेटवर्कका मेनेजिङ डाइरेक्टर थिए । सहकारीको रकम अवैध तवरले गोरखा मिडियामा लगानी गरेको भेटिएको छ । लामिछानेले प्रहरीसँग सहकारीबाट गोरखा मिडियामा आएको रकमबारे जीबी राई जानकार रहेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण