रोकियो कंगनाको ‘इमरजेन्सी’ को रिलिज

मुम्बई । बलिउड अभिनेत्री कंगना रनौतको चलचित्र ‘इमरजेन्सी’ को रिलिज रोकिएको छ । यसअघि चलचित्रलाई सेप्टेम्बर ६ मा रिलिज गर्ने तयारी गरिएको थियो ।
अब सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेसनले चलचित्रमा कैँची लगाउने भएको छ । कुनै पनि व्यक्ति वा धर्मको भावनामा आघात नपुगोस् भनेर यो कदम चाल्न लागिएको हो ।
बोर्डले पहिले चलचित्रलाई ‘क्लियर’ गरेको थियो । तर, पछि सर्टिफिकेसन दिन रोक लगाएको थियो ।
चलचित्रविरुद्ध आइतबार मुम्बईको चार बंगलास्थित गुरुद्वाराबाहिर सिख समुदायले प्रदर्शन गरेका थिए । चलचित्रमा ऐतिहासिक तथ्यलाई बिगारेर पेस गरिएको सिख समुदायको आरोप छ । चलचित्रलाई पूर्णरुपमा प्रतिबन्ध लगाउनुपर्ने उनीहरूको माग छ । त्यस्तै, कंगनामाथि कडा कारबाही गर्न पनि उनले माग गरेका छन् ।
प्रदर्शनको अगुवाइ गरिरहेका जसपाल सिंह सुरीले चलचित्र हिन्दु, मुस्लिम र सिखहरूलाई एक–आपसमा लडाउनका लागि बनाइएको आरोप लगाए । उनले चलचित्र रिलिज भए, विभिन्न स्थानमा हिंसा भड्कन सक्ने चेतावनी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माधव नेपालको एन्जिओप्लास्टी सर्जरी
-
प्ले–अफ चरणमा पुग्न आतुर बेंगलुरु र जित्नै पर्ने दबाबमा रहेको लखनउ आपसमा भिड्दै
-
भारतका २४ विमानस्थल नागरिक सेवाका लागि बन्द, मार्सल तैनाथ
-
डिपेन्डेन्ट भिसामा क्यानडा लैजान्छु भन्दै युवतीले ठगिन् २० लाख
-
पोपमा निर्वाचित हुने पहिलो अमेरिकी बने रोबर्ट प्रिभोस्ट
-
कोशी प्रदेश ‘प्रथम’ लगानी सम्मेलनको उपलब्धि