रोकियो कंगनाको ‘इमरजेन्सी’ को रिलिज
मुम्बई । बलिउड अभिनेत्री कंगना रनौतको चलचित्र ‘इमरजेन्सी’ को रिलिज रोकिएको छ । यसअघि चलचित्रलाई सेप्टेम्बर ६ मा रिलिज गर्ने तयारी गरिएको थियो ।
अब सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेसनले चलचित्रमा कैँची लगाउने भएको छ । कुनै पनि व्यक्ति वा धर्मको भावनामा आघात नपुगोस् भनेर यो कदम चाल्न लागिएको हो ।
बोर्डले पहिले चलचित्रलाई ‘क्लियर’ गरेको थियो । तर, पछि सर्टिफिकेसन दिन रोक लगाएको थियो ।
चलचित्रविरुद्ध आइतबार मुम्बईको चार बंगलास्थित गुरुद्वाराबाहिर सिख समुदायले प्रदर्शन गरेका थिए । चलचित्रमा ऐतिहासिक तथ्यलाई बिगारेर पेस गरिएको सिख समुदायको आरोप छ । चलचित्रलाई पूर्णरुपमा प्रतिबन्ध लगाउनुपर्ने उनीहरूको माग छ । त्यस्तै, कंगनामाथि कडा कारबाही गर्न पनि उनले माग गरेका छन् ।
प्रदर्शनको अगुवाइ गरिरहेका जसपाल सिंह सुरीले चलचित्र हिन्दु, मुस्लिम र सिखहरूलाई एक–आपसमा लडाउनका लागि बनाइएको आरोप लगाए । उनले चलचित्र रिलिज भए, विभिन्न स्थानमा हिंसा भड्कन सक्ने चेतावनी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण