काठमाडौँबाट भएको विमान अपहरणमा आधारित वेब सिरिजमाथि किन हुँदैछ विवाद ?
मुम्बई । चलचित्र निर्माता अनुभव सिन्हाको नयाँ वेब सिरिज ‘आईसी ८१४ ः द कान्दाहार हाइज्याक स्टोरी’ लाई लिएर यतिबेला विवाद सुरु भएको छ । यो सिरिज २९ अगस्तमा प्रिमियर गरिएको थियो ।
सन् १९९९ को डिसेम्बर २४ मा भएको विमान अपहरणमा आधारित यो सिरिजमा कथितरुपमा अपहरणकारीहरूको नाम बदलेर हिन्दु राखेको भन्दै सामाजिक सञ्जालमा यसको व्यापक आलोचना भइरहेको हो । काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलका लागि उडान भरेको इन्डियन एयरलाइन्सको विमानलाई पाँच जना आतङ्कवादीहरूले अपहरण गरेका थिए ।
विमानलाई अपहरण गरेर विमानलाई कयौँ स्थानमा अवतरण गर्न बाध्य बनाउँदै अन्ततः अफगानिस्तानको कान्दाहार पुर्याइएको थियो, जुन तालिबानको नियन्त्रणमा थियो । अपहरणकर्ताहरूलाई चिफ, डाक्टर, बर्गर, भोला र शङ्करका रूपमा सिरिजमा देखाइएको छ । दर्शकहरूको आरोप छ, फिल्म निर्माताहरूले जानाजान अपहरणकर्ताहरूको नाम हिन्दु नाम राखेका हुन्, जबकि उनीहरू मुस्लिम थिए ।
सामाजिक सञ्जालमा केही मानिसहरूले अनुभव सिन्हामाथि तथ्यलाई गलत तरिकाले पेस गरेको र धार्मिक भावनाहरूलाई भड्काउन खोजेको आरोपसमेत लगाएका छन् ।
- साँचो के हो ?
६ जनवरी, सन् २००० मा केन्द्रीय गृह मन्त्रालयद्वारा जारी एक बयानका अनुसार अपहरणकर्ताहरूको वास्तविक नाम थियो– इब्राहिम अतहर, शाहिद अख्तर सइद, सनी अहमद काजी, मिस्त्री जहू इब्राहिम र शाकिर ।
तर, विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा अपहरणकर्ताहरूले आफ्नो लागि कोड नाम पनि राखेको उल्लेख छ । जसमा चिफ, डाक्टर, बर्गर, भोला र शङ्कर रहेका छन् । अपहरणका दौरान उनीहरूले एक अर्कालाई यही नाम लिएर बोलाउँथे । त्यसैले सिरिजका निर्माताले अपहरणकर्ताको नाम बदलेको भन्नु सही हुँदैन ।

वेब सिरिज पत्रकार श्रीजय चौधरी र देवी शरण (आईसी ८१४ विमानका क्याप्टेन) द्वारा लिखित पुस्तक फ्लाइट इनटू फियर : द क्याप्टेन स्टोरी’ मा आधारित रहेको छ । यसमा विजय वर्मा, नसीरुद्दीन शाह, पंकज कपुर, मनोज पाहवा, अरविन्द स्वामी, अनुमप त्रिपाठी, दिया मिर्जा, पत्रलेखा, अमृता पुरी, दिव्येन्दु भट्टाचार्य, कुमुद मिश्रालगायतको प्रमुख भूमिका रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण