अगस्ट महिनामा ७२ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौँ । एक महिनाको अवधिमा ७२ हजार भन्दा बढी पर्यटक नेपाल भित्रिएका छन् ।
सन् २०२४ को अगस्ट महिनामा ७२ हजार ७१९ विदेशी पर्यटक नेपाल भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।
यो अघिल्लो वर्षको सोही महिनाको तुलनामा ८.२९ प्रतिशतले बढी हो । अघिल्लो वर्ष २०२३ को अगस्टमा ६७ हजार १५३ पर्यटक नेपाल भित्रिएका थिए ।
यस्तै यो २०२० अगस्टको तुलनामा ७६.७५ प्रतिशतले बढी हो । २०१९ पछि कोभिड १९ फैलिएका कारण पर्यटकको सङ्ख्या घटेको थियो ।
अगस्ट महिनामा सबैभन्दा धेरै पर्यटक आउने ५ मुलुकमा भारत, चीन, अमेरिका, श्रीलङ्का र बङ्गलादेश रहेका छन् । यीमध्येमा सबैभन्दा धेरै भारतीय पर्यटक नेपाल भित्रिएको बोर्डले जनाएको छ ।
भारतबाट २५ हजार ८३२ पर्यटक नेपाल भित्रिएका छन् । दोस्रोमा चीनबाट ६ हजार ६१४, अमेरिकाबाट ५ हजार ६१४, श्रीलङ्काबाट ४ हजार ८५१ र बङ्गलादेशबाट ३ हजार ७७ जना पर्यटक नेपाल भित्रिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण
-
१ सय दिनभित्र नतिजा प्रकाशन गर्नुपर्नेमा ४ सय दिनसम्म लगाउँछ त्रिवि