अगस्ट महिनामा ७२ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए
काठमाडौँ । एक महिनाको अवधिमा ७२ हजार भन्दा बढी पर्यटक नेपाल भित्रिएका छन् ।
सन् २०२४ को अगस्ट महिनामा ७२ हजार ७१९ विदेशी पर्यटक नेपाल भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।
यो अघिल्लो वर्षको सोही महिनाको तुलनामा ८.२९ प्रतिशतले बढी हो । अघिल्लो वर्ष २०२३ को अगस्टमा ६७ हजार १५३ पर्यटक नेपाल भित्रिएका थिए ।
यस्तै यो २०२० अगस्टको तुलनामा ७६.७५ प्रतिशतले बढी हो । २०१९ पछि कोभिड १९ फैलिएका कारण पर्यटकको सङ्ख्या घटेको थियो ।
अगस्ट महिनामा सबैभन्दा धेरै पर्यटक आउने ५ मुलुकमा भारत, चीन, अमेरिका, श्रीलङ्का र बङ्गलादेश रहेका छन् । यीमध्येमा सबैभन्दा धेरै भारतीय पर्यटक नेपाल भित्रिएको बोर्डले जनाएको छ ।
भारतबाट २५ हजार ८३२ पर्यटक नेपाल भित्रिएका छन् । दोस्रोमा चीनबाट ६ हजार ६१४, अमेरिकाबाट ५ हजार ६१४, श्रीलङ्काबाट ४ हजार ८५१ र बङ्गलादेशबाट ३ हजार ७७ जना पर्यटक नेपाल भित्रिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वपा कपिलवस्तुको अध्यक्षमा शिवकुमार सुवेदी विजयी, यस्तो छ नयाँ कार्यसमिति
-
घर कि ब्यारेक ! जहाँ हजुरबुबादेखि नातिसम्मले लगाए देशको सुरक्षाका लागि बर्दी
-
रास्वपा रुपन्देहीको सभापतिमा उपाध्याय विजयी
-
उग्र र खोक्रा राष्ट्रवादीहरूलाई पत्र
-
घामले मात्रै पूरा गर्छ त भिटामिन ‘डी’ को कमी ?
-
पर्दामा परिपक्व भूमिका निभाउन खोज्ने रेनु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण