गण्डकी प्रदेश
वन मन्त्रालय स्विकार्दिनँ, कुरा नमिले राजीनामा दिन्छु : मनाङे
सोमबार, १७ भदौ २०८१, १४ : ४४

काठमाडौँ । मन्त्रालय परिवर्तन भएपछि गण्डकीका स्वतन्त्र प्रदेश सांसद तथा मन्त्री दीपक मनाङे असन्तुष्ट बनेका छन् । यसअघि मनाङेले सम्हालेको भौतिक मन्त्रालय नयाँ समीकरणपछि एमालेको भागमा परेको थियो ।
त्यसपछि उनलाई वन तथा वातावरण मन्त्रालय छुट्टाइएको थियो । त्यसमा असन्तुष्टि जनाउँदै मनाङे सोमबार मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रममा गए पनि कार्यभार सम्हाल्न नगएका हुन् ।
उनले वन मन्त्रालय नस्विकार्ने बताए । ‘वन मन्त्रालय मैले स्वीकारेको छैन । मुख्यमन्त्रीज्यूसँग कुरा गर्दैछु’ उनले रातोपाटीसँग भने । कुरा नमिले राजीनामा दिने उनको चेतावनी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा हावाहुरी र वर्षा
-
शान्तिका लागि तयार नभएसम्म राष्ट्रपति पुटिनमाथि दबाब बढाइन्छ : युरोपेली सङ्घ प्रमुख
-
आईसीसी विश्वकप लिग २ शृंखला : एकदिवसीय अभ्यास खेलमा नेपालको जित
-
चितुवाको आक्रमणबाट मृत्यु भएका १४ परिवारलाई १ करोड बढी क्षतिपूर्ति
-
प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवादका अतिथिको सम्मानमा रात्रिभोज
-
सेती नदीमा हाम फालेका युवकको सशस्त्र प्रहरीले गर्यो उद्दार