नेप्से परिसूचक १२७.३२ अङ्कले वृद्धि
काठमाठडौँ । साताको दोस्रो कारोबार नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ । सोमबार नेप्से परिसूचक १२७.३२ अङ्क बढेर २८२३.२५ बिन्दुमा पुगेको हो ।
त्यस्तै, सेन्सेटिभ इण्डेक्स २२.९४ अङ्कले बढेको छ भने फ्लोट इण्डेक्स ९.०२ अङ्क र सेन्सेटिभ फ्लोट इन्डेक्स ८.१८ अङ्क बढेको छ । सोमबार कारोबारमा आएका ३३५ कम्पनीको ३ करोड १४ लाख ३० हजार कित्ता शेयर १३ अर्ब १० करोड ४६ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । आईतवारको कारोबारमा साढे १० अर्ब रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो ।
नेप्सेका १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमा वित्त उपसमूहको परिसूचक ७.९४ प्रतिशत बढेको छ । त्यस्तै,जलविद्युत र लगानी उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, जीवन बीमा, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ ।
सोमवार कारोबारमा आएका १० भन्दा बढी कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा नेशनल हाइड्रोपावर, बेस्ट फाइनान्स, एनएलजी इन्स्योरेन्स, रिलायन्स फाइनान्स, सुपरमाई हाइड्रोपावर, दोल्टी पावर, समृद्धि फाइनान्स लगायतका कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कारोबार रकमका आधारमा गुडविल फाइनान्सको ४६ करोड ५२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण