धनगढी विमानस्थलबाट २१ वटा आईफोन बरामद
सोमबार, १७ भदौ २०८१, १६ : १६
काठमाडौँ । कैलालीको धनगढीस्थित विमानस्थलबाट २१ वटा आईफोनसहित एक जना पक्राउ परेका छन् ।
सोमबार बिहान विमानस्थलको दक्षिणतर्फ रहेको यात्रु प्रवेश द्वारबाट भित्र प्रवेश गर्दा सोही प्रवेश द्वारको नजिक रहेको एक्स रे मेसिनमा चेकजाँच गर्दा २७ वर्षीय राजु चौधरीको साथबाट २१ वटा आईफोन बरामद भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
चौधरीले कार्टुनमा प्याक गरी ल्याएको उक्त परिमाणको आईफोनको मूल्य अन्दाजी ८ लाख ४० बराबरको भएको प्रहरीले जनाएको छ । प्रहरीले बरामद सामानसहित चौधरीलाई नियन्त्रणमा लिएर कारबाहीको लागि त्रिनगर भन्सार कार्यालय पठाएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण