पाकिस्तानी क्रिकेटमा अर्को विवाद : पूर्वकप्तान इन्जमामले एक करोड लिएर सन्न्यास घोषणा गरेको आरोप
काठमाडौँ । पछिल्लो समय पाकिस्तानी क्रिकेट एकपछि अर्को विवादमा पर्दै आएको छ । टेस्ट क्रिकेटको इतिहासमा पहिलो पटक बंगलादेशसँग पराजित भएको चर्चा सेलाउन नपाउँदै फेरि पाकिस्तानी क्रिकेटमा अर्को विवाद सुरु भएको छ ।
पाकिस्तानी टोलीका एक क्रिकेटरले पूर्वकप्तान इन्जमाम उल हकमाथि गम्भीर आरोप लगाएका छन् । ती क्रिकेटरले इन्जमाम उल हकले सक्रिय खेल जीवनबाट सन्न्यास लिन पनि पाकिस्तानी क्रिकेट बोर्ड (पीसीबी)सँग पैसा लिएको आरोप लगाएका छन् ।
यस विषयमा पीसीबी र पूर्वकप्तान इन्जमाम उल हकले भने केही प्रतिक्रिया जनाएका छैनन् । पूर्वखेलाडी अब्दुल मजिद भट्टीले सक्रिय खेल जीवनबाट सन्न्यास लिन इन्जमामले पीसीबीसँग बार्गेनिङ गरेको र एक करोड पाकिस्तानी रुपैयाँ लिएको आरोप लगाएका हुन् ।
इन्जमामले सन् २००७ मा सक्रिय खेल जीवनबाट सन्न्यास लिएका थिए । त्यसअघि पाकिस्तानका अर्का पूर्वक्रिकेटर मुस्ताक मोहम्मदमाथि पनि यस्तै आरोप लागेको थियो । मुस्ताक मोहम्मदले सन् १९९७ मा सक्रिय खेल जीवनबाट सन्न्यास लिन पीसीबीबाट ठुलो रकम लिएको आरोप लागेको थियो ।
पूर्वकप्तान इन्जमाम उल हकले पाकिस्तानका लागि एक सय २० टेस्ट, तीन सय ७८ एकदिवसीय अन्तर्राष्ट्रिय र एउटा टी–२० अन्तर्राष्ट्रिय खेलेका थिए । उनले टेस्टमा २५ र एकदिवसीय अन्तर्राष्ट्रियमा १० वटा सतक पनि प्रहार गरेका थिए ।
आफ्नो समयका प्रभावशाली ब्याट्सम्यान इन्जमाम उल हकले टेस्टमा आठ हजार आठ सय ३०, एकदिवसीय अन्तर्राष्ट्रियमा ११ हजार सात सय ३९ र टी–२० अन्तर्राष्ट्रियमा ११ रन बनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवनको तुइन खोलामा सुख्खा पहिरो खस्दा सडक एकतर्फी बन्यो
-
लागूऔषध विरुद्ध चीन–अमेरिका संयुक्त अनुसन्धान र सहयोग बढ्दै
-
झापामा विपद्जन्य घटनाबाट एकै महिनामा १० करोडभन्दा बढीको क्षति
-
अमेरिकी अन्तरिक्ष यात्री क्रिस्टिना कोचलाई स्पेनको प्रतिष्ठित ‘कन्कर्ड’ पुरस्कार
-
भट्ट र अग्रवाललाई थुनामा पठाउन विशेष अदालतले लिएका चार आधार
-
तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता सुरु, ४ हजार खेलाडी सहभागी हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण