लघु चलचित्र ‘मेरो बा’ सार्वजनिक
काठमाडौँ । कुशे औँसीको अवसर पारेर पिताको महत्त्व झल्काउने लघु चलचित्र ‘मेरो बा’ सार्वजनिक गरिएको छ । रमेश थापाको लेखन तथा निर्देशन चलचित्रमा छ ।
प्रभाकर न्यौपाने, विकास जोशी, अनुज अधिकारी, मेघराज पौडेल, श्याम मगर, टेक बहादुर घले, दीपेन्द्र थापा, खगेन्द्र धामी, प्रान्जिल सापकोटा लगायतका साथै बालकलाकार रियांशी थापा र सन्तोष बटालाका बालकृष्ण श्रेष्ठ र विक्रम चिमौरियाको सम्पादन छ ।
तीजमा दर खाने चलनको बढ्दो विकृति, बाबुलाई छोराबुहारीले गर्नुपर्ने माया र सम्मानको कमीबाट उत्पन्न हुने कठिनाइको कथा चलचित्रले उठाएको हो । आधुनिकताका नाममा अनपढ बाबुआमालाई त्यसपछिको पुस्ताले गर्ने व्यवहार राम्रो नभइरहेको अवस्थामा त्यसैको प्रतिनिधि कथामा लघु चलचित्र तयार गरिएको निर्देशक थापाले बताए ।
चन्द्र विनायक फिल्म्सको ब्यानरमा निर्माण गरिएको यो लघु चलचित्रकी निर्मात्री दिपा मल्ल थापा हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाख्रा चराउन गएका पुरुषको भेरी नदीमा शव भेटियो
-
शून्य समयमा रास्वपा सांसद उठिन मात्रै, बोलिनन्
-
अमेरिकी प्रतिबन्ध भएपनि इरानको तेल निर्यात नरोकिएको रहेको दाबी
-
नायिका काजल कर्णमाथि भएको जातीय विभेद र अपमानबारे सदनमा उठ्यो प्रश्न
-
एआई उत्पादनको विश्वव्यापी माग बढ्दा चीनको निर्यात २७ प्रतिशतले वृद्धि
-
चौबीस घण्टाको वर्षा मापनः सबैभन्दा बढी वर्षा चितवनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण