नेतन्याहुले मागे माफी
तेल अभिभ । इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले माफी मागेका छन् । गाजामा ६ इजरायली बन्धक शनिबार मृत भेटिएका थिए । बन्धकहरूलाई फिर्ता ल्याउन असफल भएको भन्दै नेतन्याहुले इजरायली जनतासँग माफी मागेका छन् ।
उता, हमासले पनि युद्धविराम सम्झौता भएन भने अन्य बन्धक पनि कात्रोमा घर फर्किन्छन् भनेर धम्की दिएको छ । सम्झौता वार्तालाई निस्कर्षमा पुर्याउने नेतन्याहुको तरिकाबारे इजरायलमा दोस्रो रात पनि विरोध प्रदर्शन जारी रहँदा उनको यो अभिव्यक्ति आएको हो । अर्को तर्फ अन्तर्राष्ट्रिय स्तरबाट पनि नेतन्याहुमाथि दबाब बढिरहेको छ ।
इजरायलले आफूले दिएको हतियार अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गर्न प्रयोग गर्न सक्ने भन्दै बेलायतले हतियार दिन रोक लगाएको छ । तर नेतन्याहु आफ्नो अडानमा अड्डी लिएर बसिरहेका छन् । गाजाको फिलाडेल्फी करिडोरमा इजरायली नियन्त्रण जरुरी रहेको उनको भनाई छ । हमाससँगको युद्धविराम वार्तामा यो करिडोर मुख्य मुद्दा बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण