पूजालाई समीक्षाको प्रश्न : यसरी फिल्म चलाउन खोज्नु सही हो र ?
काठमाडौँ । गायिका समीक्षा अधिकारीले आफूलाई पीडा नदिन अभिनेत्री पूजा शर्मालाई चेतावनी दिएकी छन् । पूजाले अभिनेता पल शाहसँगैको एक पोडकाष्ट कुराकानीमा समीक्षा लक्षित अभिव्यक्ति दिएकी थिइन् ।
सामाजिक सञ्जालमा एक पोस्ट समीक्षाले 'आफैँ पनि छोरी भएर एउटा १४ वर्षकी कान्छी बहिनी बराबरलाई प्रहार गर्नु राम्रो हो र ?' भन्दै पूजालाई प्रश्न गरेकी छन् ।
‘अदालत नै पोडकाष्टहरु हुन् भने, न्यायाधीश नै यी र यस्ता कलाकारहरू हुन् भने उतिबेला यतैबाट फैसला गरिदिएको भएपनि हुन्थ्यो नि,’, उनले अगाडि भनेकी छन् ‘सत्य के हो ? कि उसलाई थाहा छ, कि मलाई थाहा छ । कि त भगवानलाई थाहा छ ।’
‘के सही ? के गलत ? छुट्याउन नसक्ने उमेरमा पनि मैले त मायाको तराजुमा आफूलाई जोख्न तयार भएँ र माफी दिएर साबित गरिदिएँ’, उनले भनेकी छन्, ‘सानालाई माया र ठुलालाई सम्मान गर्ने संस्कार सिकेर आएकी हुँ । हिजो ‘तिमि मेरो बहिनी’ भनेर आउनुभयो, मैले दिदी भनेँ, माने । अहिले पनि मानेकी छु । मान्छु, तर यसरी पिडा नदिनुस् प्लिज ।’
आफ्नो विषय बाहिर ल्याएर पूजाले फिल्म चलाउन खोजेको आरोप समेत समीक्षाले लगाएकी छन् ।
पूजाले पोडकाष्ट कुराकानीमा ‘पललाई कानुनले बेकसुर प्रमाणित गरेको र कसैले बोलिरहन जरुरी छैन’ भन्ने आशयको अभिव्यक्ति दिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण