चिकित्सक सङ्घले भन्यो– सार्वजनिक बिदामा स्वास्थ्य सेवा सुचारु गर्ने कुरा अवैज्ञानिक र अव्यवहारिक
काठमाडौँ । नेपाल चिकित्सक सङ्घले सार्वजनिक बिदाका दिन समेत सवै प्रकारका अस्पतालबाट स्वास्थ्यसम्बन्धी सेवा (बहिरंग सेवासमेत) प्रवाह गर्न सरकारले दिएको निर्देशन अव्यवहारिक तथा अवैज्ञानिक रहेको भन्दै निर्णय फिर्ता लिन आग्रह गरेको छ ।
सङ्घले मंगलबार विज्ञप्ति जारी गर्दै चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई आराम गर्न साताको दुई दिन बिदा दिने अन्तर्राष्ट्रिय प्रचलनविपरीत नेपालमा भने बिदाको दिनमा समेत बहिरसंग सेवा सञ्चालन गर्ने कुरा अवैज्ञानिक र अव्यवहारिक भएको जनाएको हो ।
संघका महासचिव डा. सञ्जीव तिवारीले हस्ताक्षर गरेर जारी गरेको विज्ञप्तिमा भदौ सात गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक बिदाका दिन समेत स्वास्थ्यसम्बन्धी सेवा प्रवाह गर्न स्वास्थ्य मन्त्रालयलाई गरेको पत्राचारबारे गम्भीर ध्यानाकर्षण भएको भन्दै स्वास्थ्यकर्मीहरूमा कामको बोझ तथा लगातारको तनावले पारिवारिक, वैवाहिक र सम्बन्ध विच्छेदसम्मका घटना देखिएको बताएका छन् ।
सङ्घले अन्तर्राष्ट्रिय श्रम संगठनले व्यक्तिको श्रमअवधि साताको ४० घण्टा तोकेपनि ७२ घण्टासम्म लगातार काम गर्नुपरेको भन्दै त्यसको तुलनामा सुविधा र दरबन्दी अत्यन्त कम भएको बताएको छ ।
यस्तो अवस्थामा सार्वजनिक बिदाका दिन समेत सेवा सुचारु भएको खण्डमा स्वाथ्यकर्मीहरुमा शारीरिक तथा मानसिक तनाव बढेर 'बर्नआउट' हुने तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा ह्रास आई बिरामीको स्वास्थ्यमा थप प्रतिकुल असर पर्ने सम्भावना रहेको विभिन्न वैज्ञानिक अनुसन्धानबाट पुष्टि भइसकेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
-
नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा खतिवडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण