सांसद मोदीको माग– प्रचण्ड राम जस्तै शान्तिको जनक हो‚ नोबेल पुरस्कार दिनुपर्छ
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नोबेल शान्ति पुरस्कार दिइनुपर्ने माग गरेका छन् ।
मंगलबारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले प्रचण्ड नेपालको लोकतान्त्रिक गणतन्त्र‚ समावेशी समानुपातिक व्यवस्थाका लागि भगवान् रामजस्तै लडेकाले राम सरह जनक भनिनुपर्ने पनि माग गरेका हुन् ।
‘प्रचण्ड नागरिकको पक्षमा समावेशी, लोकतन्त्र र समानुपातिक व्यवस्थाका लागि लड्नुभयो । राम जस्तै उहाँलाई जनक भनिनु पर्छ‚’ उनले भने‚‘शान्तिको अथक प्रयास गर्नुभएकाले नोबेल पुरस्कार दिनुपर्छ ।’
उनले एमालेले माओवादी जनयुद्धलाई हिंसा भनेकोमा आपत्ति जनाए । साथै यो देशमा एकीकरणको समय पृथ्वीनारायण शाहले कीर्तिपुर कब्जा गर्दा धेरै मानिस मरेको भन्दै उनले त्यो हत्या हो कि होइन जवाफ दिनुपर्ने धारणा राखे ।
सांसद मोदीले जनताको पक्षमा काम गरेका नेपाल विद्युत् प्राधिकरण प्रमुख कुलमान घिसिङलाई राज्यको सम्पत्ति उठाउँदा केही राजनीतिक दलको संरक्षकहरूले हटाउन ठुलो दबाब दिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण