आफ्नै पत्नीलाई बलात्कार गरेको र अरुमार्फत समेत गराएको आरोपमा मुद्दा
काठमाडौँ । आफ्नै पत्नीलाई १० वर्षसम्म बलात्कार गरेको आरोपमा एक पुरुषमाथि अदालतमा मुद्दा प्रक्रिया अघि बढेको छ ।
फ्रान्समा ७१ वर्षीय डोमिनिक पीमाथि १० वर्षसम्म पत्नीको बलात्कार गरेको र अन्य पुरुषलाई पनि बलात्कारमा संलग्न गराएको आरोप छ । समाचार एजेन्सीहरूका अनुसार डोमिनिकले अनलाइन माध्यमबाट अपरिचित मानिसलाई घरमा आमन्त्रित गरेर पत्नीको बलात्कार गराउँथे ।
पीडित महिलाका वकिलका अनुसार डोमिनिकले पत्नीलाई नशालु पदार्थ दिने गरेका कारण बारम्बार हुँदै आएको उत्पीडनबारे जानकारीसमेत हुँदैनथ्यो ।
प्रहरीले ७२ पुरुषद्वारा ९२ बलात्कारका मामिला पहिचान गरेको छ भने ५२ जना अभियुक्तको पहिचान भएको छ । उनीहरूविरुद्ध आरोप तय भइसकेको छ । पीडितको पतिका साथ ती आरोपितविरुद्ध मुद्दा चल्ने छ ।
पीडितलाई आफूविरुद्ध भइरहेको उत्पीडनबारे सन् २०२० मा थाहा भयो । उनले यसबारे प्रहरीलाई जानकारी दिएकी थिइन् । अभियुक्तलाई एक शपिङ सेन्टरमा तीन महिलाको आपत्तिजनक भिडियो बनाएको अवस्थामा सुरक्षा गार्डले समातेको थियो । त्यसपछि प्रहरीले उनको कम्प्युटरको परीक्षण गरेको थियो । यस क्रममा उनकी पत्नीसँग सम्बन्धित कयौँ बलात्कारका भिडियो तथा तस्बिर फेला परेका थिए । तस्बिर तथा भिडियोमा ती महिला अचेत अवस्थामा देखिएकी थिइन् ।
अनलाइन च्याटमा अनुसन्धानकर्ताले डोमिनिक पीले कथित रूपमा अपरिचितलाई आफ्नो घरमा बोलाएर आफ्नी पत्नीलाई बलात्कार गर्न भनेका थिए । यस मामिलामा रकम लेनदेन भएको तथ्य भने प्रकाशमा आएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण