उपकरण मर्मतका लागि राष्ट्रिय आविष्कार केन्द्रद्वारा वीर अस्पतालसँग सम्झौता
काठमाडौँ । वीर अस्पतालले बिग्रिएका उपकरणको मर्मत गर्न राष्ट्रिय आविष्कार केन्द्रसँग सम्झौता गरेको छ ।
गत भाद्र ५ गते स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको उपस्थितिमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले केन्द्रसँग संघीय अस्पतालहरूका बिग्रिएका उपकरणको अवस्था पहिचान र मर्मतका लागि केन्द्रसँग सम्झौता गरेको थियो ।
सोही सम्झौताअन्तर्गत वीरले केन्द्रसँग सम्झौता गरेको हो ।
सार्वजनिक खरिद ऐनअन्तर्गत गरिएको सम्झौताअन्तर्गत पहिलो चरणमा केन्द्रका स्वास्थ्य विज्ञ प्राविधिकहरूले अस्पतालमा रहेका बिग्रिएका उपकरणको अवस्था अध्ययन गरेर मर्मत गर्न सकिने र नसकिने छुट्याउनेछन् । त्यसपछि अस्पतालले उपलब्ध गराएका मर्मत सामग्रीको प्रयोग गरी दोस्रो चरणमा बिग्रिएका उपकरणको मर्मत हुनेछ ।
अस्पतालका बिग्रिएका उपकरणको सदुपयोग हुने र अर्कोतिर स्वदेशी स्रोत, साधन र जनशक्तिको उपयोग हुने उद्देश्यका साथ मन्त्री पौडेलले केन्द्रलाई मर्मतमा सघाउन आग्रह गरेका थिए । उनले कम खर्चमै स्वदेशी सीपको माध्यमबाट केन्द्रमार्फत स्वास्थ्य उपकरणको मर्मतमा सहयोग हुने विश्वास गरेका थिए ।
केन्द्रका प्रमुख महावीर पुनसँगको छलफलपछि मन्त्रालयगत सम्झौता भएकामा अब अस्पतालहरूले केन्द्रमार्फत मर्मतप्रक्रिया अघि बढाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण