प्रस्तावित राजदूतलाई जनार्दनको प्रश्न : रुसी सेनामा भर्ती रोक्न र फिर्ता ल्याउन कसरी पहल गर्नुहुन्छ ?
बुधबार, १९ भदौ २०८१, १२ : ५१
१
काठमाडौँ । माओवादी केन्द्रका सांसद जनार्दन शर्माले रुसका लागि प्रस्तावित राजदूत डा.जङ्गबहादुर चौहानलाई रुसी सेनामा भर्ती रोक्न र भर्ती भएका नेपालीलाई फिर्ता ल्याउन कस्तो पहल गर्नुहुन्छ भन्दै प्रश्न गरेका छन् । बुधवार संसदीय सुनुवाइ समितिमा उनले सो प्रश्न गरेका हुन् ।
चौहानमाथिको सुनुवाइका क्रममा सांसद शर्माले रुसी सेनामा गएकालाई फर्काउन र रुसी लगानी भित्र्याउने विषयमा पहल गर्न आग्रह गरे । उनले भने, ‘रुसी सेनामा गएका नेपालीहरूलाई फर्काउन जटिल छ र त्यसका लागि अलि बढी मिहेनत नै गर्नुपर्छ । रुसी सेनामा भर्ती रोक्न र फिर्ता ल्याउन महत्त्वपूर्ण भूमिका खेल्नुहोला ।’
उनले रसियनहरू नेपालमा लगानी गर्न रुचि राख्ने गरे पनि अप्रत्यक्ष रूपमा मात्रै लगानी गर्न खोज्ने गरेकोले प्रत्यक्ष रूपमा लगानीका लागि आउने वातावरण मिलाउन आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण