राम्रो कानुन निर्माणका लागि सरकारले यथेष्ट ध्यान दिन्छ : मन्त्री चौरसिया
काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सरकारले राम्रो कानुन बनोस् भन्नेकुरामा यथेष्ट ध्यान दिएको बताएका छन् ।
बुधबार संघीय संसद् प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन् ।
मन्त्री चौरसियाले सो विधेयकले पनि कानुन निर्माणका लागि संसद्लाई अझ बढी अधिकार दिने व्यवस्था राखेको उल्लेख गरे । संसद्लाई पनि अझ सशक्त ढंगले कानुन बनाउन अधिकार दिने व्यवस्था सो विधेयकले गरेकाले कानुन निर्माणको प्रक्रिया अझ बढी प्रभावकारी हुने उनको विश्वास थियो ।
मन्त्री चौरसियाले कानुन निर्माणको कामलाई अझ पारदर्शी, व्यवस्थित र गुणस्तरीय बनाउने कुरामा सरकारले अन्तर्राष्ट्रिय प्रचलनलाई ध्यान दिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले कानुन निर्माणको प्रक्रियालाई व्यवहारिक रूपमा नै अझ बलियो बनाउनका लागि विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सरकारले संसदमा ल्याएको दाबी समेत गरे ।
उनले भने, ‘यो कानुन बनाउने कुरालाई पारदर्शी बनाउने कुरा, व्यवस्थित बनाउने कुरा, गुणस्तरीय बनाउने कुरा र अझ कानुन बनाउने कुरालाई व्यवहारिक बनाउने कुरा र अन्तर्राष्ट्रिय प्रचलनलाई पनि, सरोकारवालालाई समेत छलफल गरेर अझ राम्रो कानुन बनोस्, पहिलो चोटी यो कानुनले सरकारलाई पनि बाधेको छ ।’
मन्त्री चौरसियाले सरोकारवालाहरूको सुझावलाई कानुन निर्माण प्रक्रियामा विशेष ध्यान सरकारले दिने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण