मोहम्मद वसिम भन्छन्, ‘बाबर आजम जिद्दी र अराजक खेलाडी हुन्’
काठमाडौँ । पछिल्लो समय पाकिस्तानी क्रिकेटको अवस्था निराशाजनक छ । बंगलादेशविरुद्धको हालै सम्पन्न दुई टेस्टको शृंखलामा पनि पाकिस्तानले लज्जास्पद प्रदर्शन गर्यो । पाकिस्तानकै घरेलु मैदानमा बंगलादेशले दुई टेस्टको शृंखलामा ‘क्लिन स्विप’ गर्यो ।
यो शृंखलाअघि बंगलादेशले टेस्ट क्रिकेटमा पाकिस्तानलाई हराउन सकेको थिएन । यो हारपछि पाकिस्तानी क्रिकेटको आलोचना अझ बढेको छ । पाकिस्तानकै पूर्वक्रिकेटरहरुले आफ्ना खेलाडीको विषयमा एकपछि अर्को प्रतिक्रिया दिइरहेका छन् ।
यसै क्रममा, पाकिस्तानी टोलीका पूर्वचयनकर्ता मोहम्मद वसिमले पाकिस्तानी टोलीका सिनियर खेलाडी बाबर आजमको प्रदर्शनको आलोचना गरेका छन् । मोहम्मद वसिमले बाबर आजम निकै जिद्दी खेलाडी भएको आरोप पनि लगाएका छन् ।
बंगलादेशविरुद्धको शृंखलामा पनि बाबर आजमले निकै खराब प्रदर्शन गरेका थिए । मोहम्मद वसिमले बाबर आजममाथि अराजक खेलाडी भएको आरोप पनि लगाएका छन् । ‘बाबर आजम निकै जिद्दी र अराजक खेलाडी हुन् । उनी चयन समितिको सुझावलाई समेत विरोध गरिरहन्छन्,’ उनले भनेका छन् ।
मोहम्मद वसिम सन् २०२० को डिसेम्बरमा पाकिस्तानी टोलीका प्रमुख चयनकर्ता नियुक्त भएका थिए । उनी निरन्तर दुई वर्ष त्यो जिम्मेवारीमा रहेका थिए । बाबर आजमले भने सन् २०२३ मा सम्पन्न आईसीसी एकदिवसीय विश्वकपपछि कप्तान पदबाट राजीनामा दिएका थिए ।
तर, सन् २०२४ को आईसीसी टी–२० विश्वकपका लागि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले बाबर आजमलाई टोलीको कप्तान बनाएको थियो । अहिले पाकिस्तानको टेस्ट टोलीको कप्तान भने सान मसुद हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
-
खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु
-
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण