लोकतान्त्रिक व्यवस्थामा महिला अधिकार सुनिश्चित : सिटौला
बनियानी । नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले लोकतान्त्रिक व्यवस्थामा मात्र महिला अधिकार सुनिश्चित हुने धारणा राखेका छन् । नेपाल महिला सङ्घ भद्रपुर नगर समितिले आज यहाँ आयोजना गरेको महिला सम्मान तथा तीज मिलन कार्यक्रममा नेता सिटौलाले रहेक क्षेत्रमा सङ्घर्ष गरिरहेका नारीबाट लोकतन्त्रको संरक्षण भइरहेको बताए ।
“जुन क्षेत्रमा रहेर पनि नारीले आफ्नो अस्तित्व र पहिचान बनाउन सक्छन्”, उनले भने, “त्यसका लागि लोकतान्त्रिक व्यवस्था अपरिहार्य छ ।”
कार्यक्रममा भद्रपुर नगरक्षेत्र रहेर विभिन्न क्षेत्रबाट पहिचान बनाएका आठ जना महिलालाई सम्मान गरिएको थियो । कार्यक्रममा पूर्वशिक्षिका प्रभा घिमिरे, पूर्वप्राध्यापक कमला पोखरेल दाहाल, वाणिज्य बैंक भद्रपुरका पूर्वशाखा प्रमुख शान्ता बराल, पूर्वस्वास्थ्यकर्मी रिमा पाण्डे, भद्रपुर नगरपालिकाकी पूर्वप्रशासकीय अधिकृत सुधा खड्का, सामाजिक अभियन्ता रञ्जु शर्मा, पूर्वस्वास्थ्य स्वयंसेविका लक्ष्मी घिमिरे र सौन्दर्यकर्मी सुशीला पौडेललाई सम्मान गरिएको थियो ।
त्यसैगरी, कार्यक्रममा श्रम क्षेत्रमा सङ्घर्ष गर्दै जीवनयापन गरिरहेका भद्रपुर नगरपालिकाका १० वटै वडाबाट एक÷एक जना श्रमिक महिला छनोटगरी नगद तथा साडीसहित सम्मान गरिएको थियो ।
सङ्घकी भद्रपुर नगर सभापति प्रमिला कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य गोमाकुमारी भट्टराई, कांग्रेस झापाका उपसभापति केशवराज पाण्डे, भद्रपुर नगरप्रमुख गणेश पोखरेल, पूर्वमहासमिति सदस्य तारा भुर्तेल, महिला नेत्री शर्मिला अधिकारीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण