एक हप्तामा इजरायली आक्रमणबाट वेस्ट बैंकमा ३३ प्यालेस्टाइनीको मृत्यु
बिहीबार, २० भदौ २०८१, ११ : ३६
एजेन्सी । वेस्ट बैंकमा इजरायलको सैन्य कारबाहीमा एक हप्तामा ३३ प्यालेस्टाइनी मारिएका छन् । करिव १ सय ४० जना घाइते भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । मृत्यु हुनेहरूमा जेनिनमा १९, टुबासमा चार र तुल्कारममा सात जना प्यालेस्टिनीहरू छन् । सबै उत्तरी वेस्ट बैंकका रहेका छन् ।
साथै दक्षिणमा हेब्रोनमा तीन जना रहेको रामल्लाहस्थित मन्त्रालयले जनाएको छ । इजरायली सेनाले बुधवार लगातार आठौं दिन जेनिन शहर र त्यसको शिविर विरुद्धको कारबाही जारी राखेको प्यालेस्टिनी आधिकारिक समाचार एजेन्सी वाफाले जनाएको छ ।
प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार गत अक्टोबरमा गाजा स्ट्रिपमा प्यालेस्टाइन–इजरायली द्वन्द्व शुरु भएदेखि वेस्ट बैंकमा इजरायली आक्रमणबाट ६८० भन्दा बढी प्यालेस्टाइनी मारिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण