सुनिता र बिल्मोरलाई अन्तरिक्ष पुर्याएको बोइङको स्टारलाइनर एक्लै फर्किने
वासिङ्टन डीसी । गत जुन ५ मा अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच बिल्मोर बोइङको स्टारलाइनर अन्तरिक्ष यान चढेर अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) गएका थिए । सुनिता र बिल्मोरलाई बोकेर गएको सो यान पृथ्वीमा फर्किन तयार छ ।
स्टारलाइनर भोलि अर्थात् सेप्टेम्बर ६ मा पृथ्वीमा फर्किने छ । प्राविधिक गडबडीका कारण यान सुनिता वा बिल्मोरलाई नबोकी एक्लै पृथ्वीमा फर्किदैंछ । यो स्टारलाइनरको पहिलो उडान थियो । पहिलो उडानमै समस्या देखिएपछि बोइङ यतिबेला निकै अप्ठ्यारोमा परेको छ । यसले कम्पनीलाई ठुलो धक्का लाग्ने अनुमान गरिएको छ ।
आठ दिने मिसनमा उडेको थियो स्टारलाइनर
बोइङलाई स्टारलाइनर अन्तरिक्ष यान बनाउन लामो समय लागेको थियो । यानले गत जुनमा आफ्नो पहिलो उडान गर्यो । स्टारलाइनरमा चढेर अन्तरिक्ष यात्रीहरू सुनिता र बुच बिल्मोर अन्तरिक्ष अभियानमा गएका थिए । उनीहरू जम्मा आठ दिनका लागि आईएसएसमा बस्ने भनेर गएका थिए । तर स्टारलाइनरमा प्राविधिक गडबडी देखिएपछि यो मिसन लम्बियो । दुवै अन्तरिक्ष यात्रीको सुरक्षालाई ध्यानमा राख्दै नासाले अब २०२५ को फेब्रुअरीमा दुवै जनालाई पृथ्वीमा ल्याउने निर्णय गरेको छ ।
अन्तरिक्ष यात्रीको सुरक्षामा सम्झौता गर्न मानेन नासाले
नासाले अन्तरिक्ष यात्रीको सुरक्षा आफ्नो लागि सर्वोपरि रहेको बताएको छ । बोइङले स्टारलाइनर अन्तरिक्ष यात्रीहरूलाई फिर्ता ल्याउन पूर्ण रूपमा सुरक्षित रहेको दाबी गरेको थियो । तर, च्यालेन्जर र कोलम्बिया स्पेस शटल दुर्घटनापछि नासाले अरू कुनै जोखिम लिन चाहेन ।
स्टारलाइनरको स्पेस क्याप्सुल स्टारलाइनर अत्याधुनिक भएको र यसको डिजाइनिङमा अन्तरिक्ष यात्रीको सहयोग लिइएको विज्ञहरू बताउँछन् । सुनिता विलियम्स आफैँले पनि सो यानको निर्माण र डिजाइनमा सुझाव दिएकी थिइन् ।
नासाले सन् २०१४ मा बोइङलाई अन्तरिक्ष यान बनाउने ठेक्का दिएको थियो । यसका लागि कम्पनीलाई ४ अर्ब २० करोड डलर आर्थिक सहयोग पनि दिइएको थियो । नासाले अमेरिकी खर्बपति व्यापारी एलन मस्कको अन्तरिक्ष कम्पनी स्पेसएक्सलाई पनि अन्तरिक्ष यान बनाउन २ अर्ब ६ करोड डलर आर्थिक आर्थिक सहयोग दिएको थियो । अब सुनिता र बिल्मोरलाई स्पेश एक्सको क्रु ९ मा फर्काइनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई मन्त्रीलाई छेउमा राखेर बालेनले लेखे– देश बनाउने टोली
-
आवासीय चिकित्सकसँगै इन्टर्नको कार्यअवधि र भत्ता कार्यान्वयन गर्न मेडिकल काउन्सिलको आग्रह
-
दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना
-
डोरीबिनै बन्जी जम्प, २१ वर्षीया युवतीको मृत्यु
-
निम अवार्ड : गायिका देविकालाई ‘रजत साधना सम्मान’, संगीतकार बजागाईंलाई सर्वाेत्कृष्ट पपुलर अवार्ड
-
टेम्पाे पल्टाएकाे घटना : वनका १० कर्मचारीमाथि साेधपुछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण