एमाले नेताले किन भेटे प्रचण्ड ? यस्तो छ कारण
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौँको नदी किनाराका जग्गाका सम्बन्धमा देखिएको समस्या सम्बन्धी पार्टीको धारणा केन्द्रीय समितिको बैठकपछि तय गर्ने बताएका छन् । नदी किनाराका जग्गाका सम्बन्धमा देखिएको समस्या समाधानका लागि पहलको आग्रहसहित भेटघाटका लागि पुगेको सर्वदलीय प्रतिनिधिमण्डलसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले निर्णय कार्यान्वयनमा समस्या देखिएकाले सरकार अदालतमा भ्याकेटमा जाँदा ठिकै हुने उल्लेख गर्दै यसबारे पार्टीको धारणा बैठकपछि नै तय गर्ने बताएका हुन् ।
सर्वदलीय भेटमा सहभागीहरूले नदी किनाराका जग्गा छाड्नुपर्ने अदालतको फैसलापछि काठमाडौँमा ठुलो समस्या सुरु भएको बताएका थिए । अदालतको आदेशअनुसार काठमाडौँको नदी, खोला र राजकुलो समेत दायाँबायाँ २०÷२० मिटर छाड्नुपर्दा दसौँ हजार घरपरिवार विस्थापित हुने र पशुपतिनाथ मन्दिर पनि सार्नुपर्ने अवस्था आउने बताए ।
काठमाडौँ महानगरपालिका प्रमुखले कार्यान्वयन गर्ने एकल निर्णय गरेपछि थप समस्या आएको भन्दै उनीहरुले यो फैसला कार्यान्वयन भएमा आर्थिक रूपमा अराजकता पैदा हुने बताए । आफूहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेर भ्याकेटमा जान सुझाव दिएको र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरिसकेको जानकारी गराउँदै प्रतिनिधिमण्डलका सदस्यहरूले प्रमुख प्रतिपक्ष दलका नेता र पार्टी अध्यक्षको रूपमा प्रचण्डलाई भेट्न आएको बताएका थिए ।
प्रतिनिधिमण्डलमा नेकपा एमालेका नेता राजन भट्टराई, काठमाडौँ महानगरपालिकामा पूर्वप्रमुख विद्यासुन्दर शाक्य, नेताहरू आनन्द पोखरेल, रामेश्वर फुयाल, दीपक निरौला लगायतको सहभागिता रहेको थियो । समस्या सम्बोधन गर्न आफ्नोतर्फबाट गर्नुपर्ने पहल गर्न अध्यक्ष प्रचण्ड सकारात्मक रहेको भेटपछि एमाले बागमती प्रदेश इन्चार्ज समेत रहेका राजन भट्टराईले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
करियरदेखि प्रेमसम्म: हेर्नुहोस् तपाईंको साप्ताहिक राशिफल
-
डेनिज उन्डाभको दुई गोलले पल्टियो नतिजा: विगतको असफलता चिर्दै जर्मनी नकआउट चरणमा
-
जर्मनीका ‘सुपर सब’ डेनिज उन्डाभ चम्किए, खेल रोमाञ्चक मोडमा
-
जर्मनीको दुई गोल रद्द, पहिलो हाफमा आइभरी कोस्टको १–० को अग्रता
-
जर्मनीविरुद्ध आइभरी कोस्टलाई १–० को सुरुवाती अग्रता
-
टोरन्टो स्टेडियममा जर्मनी र आइभरी कोस्ट भिड्दै, अघिल्लो चरण प्रवेशको होडमा दुवै टोली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण