एभरेष्ट महिला भलिबल लिग : तेक्वान्दोकी आयशा ललितपुर क्विन्सको सद्भावना दूत
काठमाडौँ । एभरेष्ट महिला भलिबल लिगको पहिलो संस्करणमा ललितपुर क्विन्सले चर्चित तेक्वान्दो खेलाडी आयशा शाक्यलाई आफ्नो सद्भावना दूत बनाएको छ । आयशा दक्षिण एसियाली खेलकुदकी दोहोरो स्वर्ण पदक विजेता खेलाडी हुन् ।
‘ललितपुर क्विन्ससँग जोडिन पाउँदा निकै खुशी लागेको छ । त्यसमाथि भलिबल देशको राष्ट्रिय खेल पनि हो । म ललितपुरमै जन्मिएर हुर्किएकी हुँ । आज ललितपुर क्विन्ससँग जोडिनु मेरो लागि सौभाग्य र गौरवको क्षण पनि हो,’ आयशाले भनेकी छन् ।
आयशालाई टोलीमा स्वागत गर्न पाउँदा आफूहरु उत्साही भएको ललितपुर क्विन्सद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । एभरेष्ट महिला भलिबल लिगको पहिलो संस्करण आगामी असोज १४ देखि असोज १९ गतेसम्म सञ्चालन हुनेछ ।
उक्त प्रतियोगितामा ललितपुर क्विन्स राष्ट्रिय महिला भलिबल टोलीकी चर्चित लिबेरो सलिना श्रेष्ठको कप्तानीमा ओर्लने छ । टोलीको प्रशिक्षकमा उत्सव खड्का रहेका छन् । टोलीका अन्य खेलाडीमा पुनम चन्द, कामना विष्ट,साफिया पुन,निशा चौधरी,अनुषा चौधरी,नेहा चौधरी र भावना तामाङ रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण