निर्वाचन आयोगको निर्णयविरुद्ध नेसपा यादव समूह सर्वोच्च अदालतमा
काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष महिन्द्र राय यादव समूह पार्टी विवादसम्बन्धी निर्वाचन आयोगले गरेको निर्णयविरुद्ध सर्वोच्च अदालत गएको छ । नेसपा यादव समूहका महासचिव रमेशप्रसाद यादवले शुक्रबार आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन् । अदालतले यादवको रिट निवेदन दर्ता गर्दै आइतबार सुनुवाइका लागि बोलाएको छ ।
गएको चैत ५ गते अर्का अध्यक्ष डा.बाबुराम भट्टराईले एकलौटी ढङ्गले केन्द्रीय समिति भङ्ग गरी आयोजक समिति बनाएको, पदाधिकारीलाई जिम्मेवारीबाट हटाएको, नेताहरूको सही कृते गरी अद्यावधिका लागि निर्वाचन आयोगमा दर्ता गरेको जस्ता आरोप लगाएर महासचिव यादवले असार १३ गते आयोगमा उजुरी दिएका थिए ।
उजुरीमाथि छानबिन गरी आयोगले भदौ १६ गते राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४३ र ४४ बमोजिमको विवाद नदेखिएको हुँदा विवाद निरूपणको कार्यविधिभित्र प्रवेश गरी राख्नु नपर्ने ब्यहोराको जानकारी निवेदकलाई दिएको थियो । सोही निर्णयमा चित्त नबुझाएर आफू न्यायका लागि अदालत गएको महासचिव यादवले जानकारी दिए ।
‘अध्यक्ष बाबुरामजीले अर्का अध्यक्ष महेन्द्रजी र महासचिवसँग कुनै सल्लाह नगरी विधान विपरित केन्द्रीय समिति भङ्ग गरेर आफूखुसी केन्द्रीय सदस्य अद्यावधि गर्नुभएको थियो’, रातोपाटीसँग उनले भने, ‘उहाँ (बाबुराम) को एकलौटी निर्णयविरुद्ध हामीले असार १३ गते निर्वाचन आयोगमा उजुरी दिएका थियौँ । तर, आयोगले यस विषयमा केही गर्न नपर्ने जानकारी दियो । आयोगको सोही फैसलाविरुद्ध अदालत गएका छौं ।’
चैत ३ गते अध्यक्ष बाबुरामलाई बाइपास गरी यादव समूहले नेकपा माओवादी केन्द्रसँग एकता गर्ने घोषणा गरेपछि नेसपाले केन्द्रीय समिति भङ्ग गरी महाधिवेशन आयोजक समिति घोषणा गरेको थियो । यादव समूहका नेताहरूलाई पदमुक्त गरी अद्यावधिका लागि निर्वाचन आयोगमा निवेदन दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण