असोज ३ मा श्रममन्त्री जापान जाने, मन्त्रिपरिषद्ले दियो स्वीकृति
काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी आगामी असोज ३ गते जापान जाने भएका छन् । जापानको टोकियोमा असोज ३ गते हुने जापान–नेपाल रोजगार सम्मेलनमा भाग लिन भण्डारी जाने भएका हुन् ।
त्यसका लागि मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री भण्डारीको जापान भ्रमण स्वीकृत गरेको हो ।
भण्डारीको जापान भ्रमणका लागि श्रम मन्त्रालयको तर्फबाट मन्त्रिपरिषद्मा प्रस्ताव पेस भएको थियो ।
नेपालबाट भाषा सिक्नका लागि सबैभन्दा बढी विद्यार्थी जापान जाने गरेका छन् । जापानमा पढ्नका लागि सिधै जाने पाउँदैन । त्यसका लागि निश्चित समयावधिमा भाषा सिक्नुपर्ने हुन्छ । त्यसपछि मात्रै जापानका विश्वविद्यालय तथा कलेजहरूमा कोर्स पढ्न पाउँछन् ।
त्यस्तै कामदारको रूपमा समेत नेपालीहरू जापान जाने गरेका छन् । जापानमा एसएसडब्लू प्रणाली अनुसार कामदार लैजाने प्रक्रिया अघि बढेको लामो समय भयो । तर, हालसम्म उक्त प्रक्रियाबाट जान सकेका छैनन् ।
मन्त्रीको जापान भ्रमणको क्रममा नेपाली श्रमिकहरूको विषयमा समेत छलफल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण