विदेशी दूतावासमा पनि मनाइयाे तिज
काठमाडौँ । नेपाली महिलाहरूले मनाउने हरितालिका तिज पर्व नेपालमा रहेका कूटनीतिक नियोग तथा राजदूतावासहरूमा पनि मनाइएकाे छ । नेपालस्थित अमेरिका र बेलायत लगायतका दूतावासहरूमा तिज कार्यक्रमकाे आयोजना गरिएको हो ।
अमेरिकी दूतावासभित्र मनाइएको तिजमा नेपालका लागि अमेरिकी राजदूत डीन आर.थमप्सन र उनकी श्रीमती जेन पनि सहभागी थिए । राजदूत थमप्सनले भने, ‘यसवर्ष दूतावासले आयोजना गरेको अद्भुत तिज उत्सवमा सामेल भयौँ । हामी यस छुट्टीमा महिलाहरूको शक्तिलाई गहिरो प्रशंसा गर्छौँ ।’
यसैगरी नेपालस्थित बेलायत दूतावासले पनि दूतावासभित्रै नाचगान गरी तिज पर्व धूमधामका साथ मनाएको छ । दैनिक जीवनका सबै तनाव बिर्सेर नाच्ने र रमाइलो गर्नेमा तीजको सुन्दरता निहित रहेको बेलायती दूतावासले जनाएको छ । तिजको अवसरमा दूतावास परिवारले रमाइलो गरेको पनि जनाइएको छ ।
अन्य कूटनीतिक नियोग तथा दूतावासहरूमा पनि नाचगान तथा खानपिन गरी तीज पर्व मनाइएको छ । नेपाल घुम्न आएका विदेशी पर्यटकहरूले पनि नेपाली महिलाको यो पर्वमा सामेल भएर रमाइलो गर्ने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण