एनजीओको कार्यक्रममा भाग लिन उपेन्द्र यादव दिल्लीमा
शनिबार, २२ भदौ २०८१, १४ : २८
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र पूर्वउपराष्ट्रपति परमानन्द झा एनजीओको कार्यक्रममा सहभागी हुन आज नयाँ दिल्ली उडेका छन् । भारतको समरास्ता फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा भाग लिन उनीहरू दिल्ली गएको जसपा नेपाल स्रोतले जनाएको छ ।
सो कार्यक्रमको प्रमुख अतिथि नेपालका पूर्व उपराष्ट्रपति झा रहने बताइएको छ । भोलि हुने कार्यक्रमका लागि आजै उनीहरू दिल्ली पुगेका हुन् । आइतबार हुने कार्यक्रममा सहभागी भएर उनीहरू सोमवार नेपाल फर्किने कार्यक्रम रहेको बताइएको छ ।
समरास्ता फाउन्डेसनले बालिकाको शिक्षा, महिला सशक्तीकरण, शिक्षा, कृषि, रोजगारलगायतको क्षेत्रमा काम गर्छ । सो संस्थाको प्रमुख मनोज कन्सल हुन् । कन्सल भारतीय जनता पार्टीका नेता पनि हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण