क्रान्तिकारीको अध्यक्ष पदका लागि नरेश रेग्मीले गरे उम्मेदवारी घोषणा
काठमाडौँ । अखिल(क्रान्तिकारी)का उपाध्यक्ष नरेश रेग्मी शर्माले केन्द्रीय समितिको २३औँ राष्ट्रिय सम्मेलनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन् । आइतबार कोशी प्रदेशको उदयपुर घाइघाटस्थित त्रियुगा जनता बहुमुखी क्याम्पसमा पत्रकार सम्मेलन गरी उनले उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
सम्मेलनको सन्दर्भमा आफ्ना एजेन्डाहरू लिखित सामाग्री एवं भिडियो सन्देश मार्फत नियमित रूपमा सार्वजनिक गर्दै जानेछु र विद्यार्थी आन्दोलनलाई नयाँ सिराबाट पुर्याउन गम्भीरताका साथ बहस उठाउने बताएका छन् ।
‘आगामी राष्ट्रिय सम्मेलनमा अध्यक्ष पदमा निर्वाचन लड्ने घोषणा गरेको छु। विद्यार्थी आन्दोलन फेरि नयाँ उचाइमा उठाउने कुरा एकल प्रयासबाट मात्र हुने कुरा होइन। त्यसको लागि गम्भीर एवं सामूहिक प्रयत्न चाहिन्छ। तसर्थ, सम्पूर्ण प्रतिनिधि एवं प्रियजनहरूलाई आ–आफ्नोबाट सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु’, उनले भनेका छन् ।
यसअघि अर्का उपाध्यक्ष केशव रावलले पूर्व रुकुमबाट अध्यक्षमा उम्मेदवारी घोषणा गरेका थिए ।
यही असोज २–५ गतेसम्म काठमाडौँमा क्रान्तिकारीको राष्ट्रिय सम्मेलन हुँदै छ । प्रतिनिधि छनोट र जिल्ला अधिवेशनका लागि नेताहरू जिल्ला दौडाहामा रहेका छन् । अध्यक्ष पदका लागि शर्मा, रावलसहित पवन कार्की, नारायण खनाल, महासचिव दीपेश पुन लगायतले आकांक्षा देखाएका छन् । यसपटक क्रान्तिकारीले विधान संशोधन गर्दै पदाधिकारीसहित सबै तहमा प्रत्यक्ष निर्वाचन अवलम्बन गर्ने व्यवस्था राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण