जाजरकोट पहिरो : पुरिएका वडा सदस्य दम्पतीको शव निकालियो
आइतबार, २३ भदौ २०८१, १३ : ३४

सुर्खेत । घरमाथिबाट आएको पहिरोले घर भत्काउँदा पुरिएका जाजरकोट बारेकोट गाउँपालिका–६, का वडा सदस्य प्रेमकुमारी चलाउने दम्पतीको शव निकालिएको छ ।
प्रहरीका अनुसार गएराति पहिरोले उनीहरूको घर पुरेको थियो । जाजरकोट प्रहरीका अनुसार पुरिएका ३८ वर्षीय प्रेम कुमारी र उनका ४० वर्षीय श्रीमान् मानबहादुर चलाउनेको शव निकालिएको छ ।
प्रहरी र स्थानीयको सहयोगमा पहिरो पन्छाएर शव निकालिएको हो । धुमा गाउँ निवासी उनीहरूको एक छोरी घाइते भएकी छिन् । ११ वर्षीय सम्झनालाई हेलिकप्टरमार्फत उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा ल्याइएको छ ।
दम्पतीको शव पोस्टमार्टमका लागि लिम्सा प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ हो : राष्ट्रपति पौडेल
-
स्थानीय, पश्चिमी र बङ्गालबाट भित्रिएको जलवाष्पयुक्त वायुको प्रभाव : आज यी प्रदेशमा हुनेछ वर्षा
-
महाकालीको बार आज कसलाई कति लाभ ? हेरौं राशिफल
-
विशिष्ट उपचार सेवा सातै प्रदेशमा, बीमाको आर्थिक संकटसँग जुध्ने प्रयास
-
ला लिगामा ३४ औं चरणका खेल सुरु, बार्सिलोना उपाधि नजिक
-
प्रिमियर लिग : पेप ग्वार्डिवलाको म्यान्सिटी तेस्रो स्थानमा