जाजरकोट पहिरो : पुरिएका वडा सदस्य दम्पतीको शव निकालियो
आइतबार, २३ भदौ २०८१, १३ : ३४
सुर्खेत । घरमाथिबाट आएको पहिरोले घर भत्काउँदा पुरिएका जाजरकोट बारेकोट गाउँपालिका–६, का वडा सदस्य प्रेमकुमारी चलाउने दम्पतीको शव निकालिएको छ ।
प्रहरीका अनुसार गएराति पहिरोले उनीहरूको घर पुरेको थियो । जाजरकोट प्रहरीका अनुसार पुरिएका ३८ वर्षीय प्रेम कुमारी र उनका ४० वर्षीय श्रीमान् मानबहादुर चलाउनेको शव निकालिएको छ ।
प्रहरी र स्थानीयको सहयोगमा पहिरो पन्छाएर शव निकालिएको हो । धुमा गाउँ निवासी उनीहरूको एक छोरी घाइते भएकी छिन् । ११ वर्षीय सम्झनालाई हेलिकप्टरमार्फत उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा ल्याइएको छ ।
दम्पतीको शव पोस्टमार्टमका लागि लिम्सा प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण