ढुंगाले लागेर बाटोमा हिँडिरहेकी वृद्धाको मृत्यु
आइतबार, २३ भदौ २०८१, १४ : ०३
डोटी । पहिरोसहित आएको ढुंगाले लागेर शनिबार दिउँसो एक जना वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा आदर्श गाउँपालिका-३ आगर बस्ने ६१ वर्षीया कौमती देवी ऐर रहेकी छन् ।
सोही गाउँपालिका-६ सवखोलास्थित छोरीको घर जाने क्रममा सोही गाउँपालिका-३ धनियाँ खोलास्थित बाटोमा हिँडिरहेको अवस्थामा पहिरो सहित आएको ढुंगाले लागेर उनको घटनास्थलमै मृत्यु भएको हो । सोही घटनामा घाइते भएकी सोही गाउँपालिका-३ बस्ने कर्ण बहादुर ऐरकी छोरी १४ वर्षीया भुवनेश्वरी ऐरको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको वार्तामा अन्योल उत्पन्न भएपछि राष्ट्रपति ट्रम्प क्याम्प डेभिड प्रस्थान गर्दै
-
म्याग्दीमा रासायनिक मलको अभाव
-
‘राष्ट्रिय दोहोरी गीत प्रतियोगिता २०८३’को उपाधि प्रितम र सपनालाई
-
अमेरिका र अस्ट्रेलिया भिड्दै, यस्तो छ अघिल्लो चरणको समीकरण
-
१२ बजे १२ समाचार: मन्त्रीको निवासमा प्रहरी पुगेपछि तरङ्गदेखि ६ दिन ढिलो गरी नेपाल भित्रियो मनसुनसम्म
-
क्षेत्रीय शान्तिका लागि पाकिस्तानी प्रधानमन्त्री र साउदी क्राउन प्रिन्सबिच संवाद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण