सांसद पराजुलीको प्रश्न– नारा लगाएको भरमा कति युवालाई जेलमा थुन्ने हो ?
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नारा लगाएको भरमा कति नेपाली युवालाई जेलमा थुन्ने विचार गरेको छ भनि प्रश्न गरेका छन् ।
सोमबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले गौरापर्वको दिनमा टुँडिखेलबाट पक्राउ परेको तीन युवाहरुको भिडियो शेयर गरेपछि अर्का युवा पक्राउ गरेको भन्दै आपत्ति जनाए ।
‘त्यो घटनासँग जोडिएको भिडियो सामाजिक सञ्जालमा छ्याप्छ्याप्ति भएपछि एक जना युवाले सरकारविरुद्ध खबरदारी गर्दै सामाजिक सञ्जालबाट शेयर गरेछन्,’ उनले भने, ‘सोही कारणले तानासाही प्रवृत्ति देखाउँदै अहिले जेलमा राखेको रहेछ ।’ उनले ती युवालाई रिहाइ गर्न पनि माग गरे ।
त्यस्तै, नेपाली कांग्रेसका सांसद धनराज गुरुङ दम्पतीमाथि सहरकारीको ठगी अनुसन्धान गर्न भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा उजुरी परेको विषय मिडियामा आएको उनले बताए । उनले गुरुङ दम्पतीबारे छानबिन हुन्छ कि हुँदैन भनेर प्रश्न गरे ।
‘धनराज गुरुङ र ज्योति गुरुङबारे छानबिन हुन्छ कि हुँदैन । ठगी लुकाउन सम्बन्ध विच्छेद गर्नुभएको कुरा आएको छ,’ उनले भने, ‘सहरकारी छानबिनको माग गर्दै रोष्टम घेराउ गर्नुहुन्छ कि हुन्न ? कि दोहोरो चरित्र देखाउने हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण