समुद्री आँधी यागीका कारण भियतनाममा ५९ जनाको मृत्यु
हानोई । शक्तिशाली समुद्री आँधी यागीका कारण भियतनाममा कम्तीमा ५९ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
कृषि तथा ग्रामीण विकास मन्त्रालयले सोमबार बताएअनुसार पहिरोमा पुरिएर मात्रै कम्तीमा ४४ जनाको ज्यान गएको छ । शनिबार यागी समुद्री आँधीका कारण भियतनाममा पहिरो पनि गएको थियो ।
समुद्री आँधी कमजोर बनेर उष्णकटिबन्धीय चक्रवातमा परिणत भएको भएपछि पश्चिमतिर बढ्दै गर्दा यसले थप बाढी र पहिरो ल्याउन सक्न चेतावनी अधिकारीहरूले दिएका छन् ।
चक्रवातका कारण मर्नेहरुमा एउटै परिवारका चार जना पनि छन् । पहाडको ढिस्को खसेर घर पुरिँदा आइतबार होआ बिन्ह प्रान्तको पहाडी क्षेत्रमा एकै परिवारका चार जनाको मृत्यु भएको थियो । ५१ वर्षीय पुरुषले भागेर ज्यान जोगाएको भएपनि उनकी श्रीमती, छोरी र दुई नातिनातिनाको पुरिएर मृत्यु भयो ।
उत्तरी पहाडी क्षेत्र लाओ काई प्रान्तको सा पामा आइतबार मध्याह्न पहिरो जाँदा अरू १७ जना पुरिएका थिए । पुरिएका मध्ये ६ जनाको मृत्यु भएको र अरूको उद्धार गरिएको बताइएको छ । मर्नेमा एक जना ६८ वर्षीय महिला र एक वर्षको बालक पनि परेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
-
एमालेको २ दिने कार्यशाला : ओलीले उद्घाटन गरे, शंकरले गर्दैछन् समापन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण