मूल्यवृद्धि नियन्त्रणका लागि बजार अनुगमन गर्न अध्यक्ष लिङ्देनको आग्रह

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले मूल्यवृद्धि नियन्त्रणका लागि बजार अनुगमन गर्न सरकारलाई आग्रह गरेका छन् । चाडबाड नजिकिँदै गर्दा सबै उपभोग्य वस्तुहरूको चर्को मूल्यवृद्धि भइरहेको उनले बताएका हुन् ।
अध्यक्ष लिङ्देनले सरकारले जनजीविका र जनताको समस्याहरूमा ध्यान केन्द्रित गर्न नसकेको बताए । न्युज एजेन्सी नेपालसँग संक्षिप्त कुराकानी गर्दै उनले मूल्यवृद्धि नियन्त्रणका लागि सरकारले कडा रूपमा अनुगमन गर्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘ जनजीविकाका विषयहरूमा, जनताका दैनिक समस्याहरूमा सरकारको ध्यान केन्द्रित हुन सकेको छैन मात्रै होइन, चाडबाडको मुखमा आएपछि विगतमा बढ्ने मूल्यवृद्धि भन्दापनि कयौँ गुणा मूल्यवृद्धि भएको छ । एउटा विषयमा, एउटा वस्तुमा मात्रै होइन । सरकारले यसमा कडा अनुगमन गरोस् ।’
अध्यक्ष लिङ्देनले सरकारले उपभोक्ताको हितलाई ध्यान दिनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड शौचालयमा लडेर सामान्य घाइते
-
आज राष्ट्रिय पत्रकारिता दिवस, प्रधानमन्त्रीले दिए शुभकामना
-
नीति तथा कार्यक्रममाथि आज पनि छलफल हुँदै, राष्ट्रियसभामा प्रधानमन्त्रीले जवाफ दिने
-
सामाजिक सुरक्षा कोष अब अनिवार्य, कसरी हुन्छ कार्यान्वयन ?
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
आईपीएल क्रिकेट : मुम्बईलाई हराउँदै गुजरात शीर्ष स्थानमा