मूल्यवृद्धि नियन्त्रणका लागि बजार अनुगमन गर्न अध्यक्ष लिङ्देनको आग्रह
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले मूल्यवृद्धि नियन्त्रणका लागि बजार अनुगमन गर्न सरकारलाई आग्रह गरेका छन् । चाडबाड नजिकिँदै गर्दा सबै उपभोग्य वस्तुहरूको चर्को मूल्यवृद्धि भइरहेको उनले बताएका हुन् ।
अध्यक्ष लिङ्देनले सरकारले जनजीविका र जनताको समस्याहरूमा ध्यान केन्द्रित गर्न नसकेको बताए । न्युज एजेन्सी नेपालसँग संक्षिप्त कुराकानी गर्दै उनले मूल्यवृद्धि नियन्त्रणका लागि सरकारले कडा रूपमा अनुगमन गर्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘ जनजीविकाका विषयहरूमा, जनताका दैनिक समस्याहरूमा सरकारको ध्यान केन्द्रित हुन सकेको छैन मात्रै होइन, चाडबाडको मुखमा आएपछि विगतमा बढ्ने मूल्यवृद्धि भन्दापनि कयौँ गुणा मूल्यवृद्धि भएको छ । एउटा विषयमा, एउटा वस्तुमा मात्रै होइन । सरकारले यसमा कडा अनुगमन गरोस् ।’
अध्यक्ष लिङ्देनले सरकारले उपभोक्ताको हितलाई ध्यान दिनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
-
दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु
-
सहमति र एकताको पहल नभए नयाँ बाटो तय गर्न बाध्य हुनेछौँ : विमलेन्द्र निधि
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण