करोडौँ घाटा खाएर कंगनाले बेचिन् मुम्बईको बङ्गला
नयाँ दिल्ली । बलिउड अभिनेत्री कंगना रनौत आगामी फिल्म ‘इमर्जेन्सी’का कारण चर्चामा छिन् । पटक पटक फिल्मको रिलिज डेट सरिरहेको छ ।
सेन्सर बोर्डले फिल्मका केही दृश्य काटकुट गरेर प्रदर्शनको अनुमति दिइसकेको छ । अभिनेत्रीले यो फिल्मको प्रचारका क्रममा मुम्बईको पाली हिलस्थित एउटा बङ्गला करोडौँ भारु घाटा खाएर बेचेको खुलासा भएको छ । जापकीमा छापिएको एउटा समाचार अनुसार कङ्गनाले हालै मात्रै यो बङ्गला ३२ करोड भारुमा बेचेकी हुन् ।
यसलाई हैदरावादको एक कम्पनीले किनेको हो । अभिनेत्रीले सन् २०१७ को सेप्टेम्बरमा यो बङ्गला किनेकी थिइन् । हाल यस बङ्गलाको मूल्य करिब ४० करोड भारु थियो । आपतै परेपछि अभिनेत्रीले यसलाई ८ करोड भारु कम मूल्यमा बेचेको बताइएको छ । अभिनेत्रीले दुई तले यो भवनलाई आफ्नो प्रोडक्सन हाउस मणिकर्णिका फिल्म्सको अफिसको रूपमा प्रयोग गरिरहेकी थिइन् ।
बीएमसीले चलाएको थियो यो अफिसमा बुलडोजर
सन् २०२० मा बृहन्मुम्बई म्युनिसिपल कर्पोरेसन अर्थात् बीएमसीले कंगना रनौतको यस अफिसको केही भाग भत्काएको थियो ।
अवैध निर्माणको कारण देखाउँदै त्यतिबेला अफिस रहेको भवनको केही हिस्सा भत्काइएको थियो । तर मुम्बई उच्च अदालतको अन्तरिम आदेश दिएपछि उक्त वर्ष सेप्टेम्बर ९ मा घर भत्काउने काम बिचमै रोकिएको थियो । कङ्गनाले बीएमसीविरुद्ध मुद्दा दायर गर्दै २ करोड भारु क्षतिपूर्ति मागेकी थिइन् । तर सन् २०२३ को मेमा उनले आफ्नो सो याचिका फिर्ता लिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण